Skip

News Portal

  • पचालझरनामा वातावरण अनुकुलनका लागि नांगो डांडोमा बृक्षारोपण गरिने (फोटो फिचर)

    कर्नालीसंचार संवाददाता५ साउन
    १५२० पटक
    ५ साउन

    कालीकोट । जिल्लाको पचालझरना गाउँ पालिकालाई वातावरण अनुकलन गर्न बृक्षारोपण गरिने भएको छ । आर्थिक वर्ष २०७६ । ०७७मा शुरु गरिएको उच्च प्रविधि सहितको नर्सरीमा उत्पादन गरिएका विरुवा नांगा डांडाहरुमा बुक्षारोपण गरिने भएको हो ।

    गाउँ पालिकाको केन्द्र रहेको पणेक्षामा करिव ३५ लाख ६१ हजारको हाइटेक नर्सरीमा तिस हजार बढि विरुवा  उत्पादन गरिएको बताइएको छ । खाद्य सुरक्षाका लागि जलवायु परिर्वतन अनुकुलन आयोजना(क्याप्स)कर्नालि परियोजनाबाट जिल्ला स्थित हुरेण्डेक कालीकोटको सहजिकरणमा हाइटेक नर्सरीमा  विरुवा उत्पादन गरिएको बताइएको छ ।पचालझरनाको मुख्य केन्द्र विन्दुमा हाईटेक नर्सरी स्थापना हुनुले ठुलो महत्व रहेको पचालझरना गाउँ पालिकाले जनाएको छ ।

    गाउँ पालिकाले नर्सरीलाई दिर्घकालिन रुपमा संचालन गर्नका लागि २ जनालाई रेखदेखको जिम्मेवारी लिएको गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले बताउनु भएको छ । वहांका अनुसार नर्सरीमा उत्पादन भएका   २५ हजार  विरुवा  एक हप्ता भित्र बृक्षारोपण गरिने बताउनु भएको छ । नर्सरीमा पैयु,किम्बु,खयर,कोइरलो,चिउरी,बकाइनो लगाएतका फलफुल तर्फ सुन्तला जातका विरुवा रहेको बताइएको छ । पचालझरना गाउँ पालिकाले यस आर्थिक वर्षमा नांगो डांडाहरुमा हरियालि बनाउने योजना अनुसार बृक्षारोपणको कार्य व्यापक बनाई जलवायु परिर्वतनमा अनुकुलन गर्ने योजना लिएको छ ।

    नर्सरीमा गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने लगाएतका जनप्रतिनिधिहरुले अनुगमन गरिसकेका छन । आइतवार गाउँ पालिका अध्यक्ष खगडराज सेजुवालले क्याप्स कर्नालि परियोजना तथा हुरेण्डक कालीकोटलाई धन्यवाद दिदै हरियालि बनाउनमा सहयोग गरेकोमा आभार व्यक्त गर्नु भएको छ ।

    हुरेण्डेक नेपाल कालीकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाका अनुसार अनुकुलन कोशको आर्थिक सहयोग, बन तथा वातावरण मन्त्रालय र बिस्व खाद्य कार्यक्रम ( WFP) को कार्यन्वयन र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक परिचालन र पचाल झरना गापाको समन्वय मा सन्चालित क्याप्स कर्नाली परियोजना बाट निर्माण गरिएको नर्सरीमा  तिस हजार  बढि विरुवा उत्पादन गरि पचालझरनालाई हरियालि बनाउने लक्ष्य लिएको बताउनु भएको छ । वहांले भन्नु भयो नर्सरीको मुख्य काम भनेका खाद्य सुरक्षा,पोषण र जलवायु परिवर्तन अनुकुलनका लागि जोड दिने बताउदै पचालझरना गाउँ पालिकाले उक्त नर्सरीको संरक्षणका लागि २ जनालाई व्यवस्थापन गर्ने र सम्पूर्ण सहयोग संस्थाको रहेको बताउनु भएको छ ।

    पचालझरना गाउँ पालिकाका विभिन्न स्थानमा हाइटेक नर्सरी भएपनि व्यवस्थित तथा महत्व दिइएको पणेक्षामा रहेको नर्सरीमा अहिले दिनहुं जसो हेर्ने आगन्तुकको आइरो लाग्ने गरेको छ । त्यति मात्र नभइ पणेक्षामा नर्सरी भित्र फोटो सेसन चल्ने गरेको छ ।

    विदाका समयमा गाउँ पालिकाबाट हर्ने जानेहरु पणेक्षामा एक पटक पुगेरै छोड्ने गरेको स्थानिय बताउछन । पछिल्लो समयमा पणेक्षामा सडकको पहुंच पुगेपछि झनै मनमोहक हुने गरेको बताइएको छ ।

     

    प्रतिकृया दिनुहोस्