कोहलपुर । नेकपा(माओवादी केन्द्र)बांके जिल्लाको कोहलपुर नगरपालिकाका नेताहरुले अव्यवस्थित बासोबासी , भुमिहिन , सुकुम्बासी लाई यथाशीघ्र लालपुर्जा वितरण गर्न माग गर्दै भुमी व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन ।
माननीय शशी श्रेष्ठको कार्यकक्षमा पुगेर टोलिले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझाउदै माओवादी केन्द्रका कोहलपुरका नरेन्द्र पाण्डे, नेता नरेन्द्र न्यौपाने,तुलराज विष्ट(विहानि)अवराज खड्का लगाएतका नेताहरुले ज्ञापन पत्र बुझाएका हुन । उक्त कार्यक्रममा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री माननीय महेश्वर गहतराज(अथक)को समेत सहभागिता रहेको सहभागि अवराज खड्काले बताउनु भयो ।
ज्ञापन पत्रमा अव्यवस्थित बासोबासी , भुमिहिन , सुकुम्बासीलाई यथाशीघ्र लालपुर्जा वितरण गर्न माग गरिएको बताइएको छ । मन्त्रि श्रेष्ठलाई नापजाँच लगायतका कार्य सम्पन्न क्षेत्रमा प्रक्रिया अनुसार अघि बढ्न अनुरोध गरेको बताइएको छ ।
पछिल्लो समयमा आयोग विगठन भएपछि नापजाँच लगायतका कार्य रोकिएको स्थानमा तत्काल काम अगाडी बढाउने अनुरोध गरिएको खड्काले बताउनु भएको छ । सो भेटघाटमा मन्त्री श्रेष्ठले मालपोत र नापी सम्बन्धिको काम तत्काल स्थानीय स्तरमा शुरु गर्न प्रक्रिया अघि बढेको बताउनु भएको छ । मन्त्रि श्रेष्ठले भुमि सम्बन्धि आयोगले पूर्णता पाए संगै काम दुर्त गतिले अघि बढ्ने र माघ अन्ति सातामा सबै भुमिहिनहरुले पुर्जा पाउने विश्वास व्यक्त गर्नु भएको बताइएको छ । बांके जिल्लामा ७५ प्रतिशत समुदायहरु भुमिहिन रहेको तथ्यांक रहेको छ ।
सो टोलिले बांकेका शैक्षिक समस्या समाधानका लागि शिक्षा मन्त्रि देवेन्द्र पौडेल संग समेत भेटेर समस्याहरु अवगत गराएको छ । उक्त भेटमा शिक्षा मन्त्रि पौडललाई कोहलपुर मेडिकल कलेज संग भएको १३ विघा लिज खारेज गर्नुका साथै सिटीभिट प्रदेश कार्यालय कोहलपुरमा हुनु पर्ने माग समेत गरेका हुन ।
Discussion about this post