पचालझरनामा पर्यटन प्राबिधिकको उपस्थितिमा अध्यक्ष सेजुवाल द्वारा पदमार्ग सिलान्यास( फोटो सहित)

7
SHARES
15
VIEWS

कालीकोट ।नेपालको अग्लो पचालझरनामा पौने तीन किलोमिटर पदमार्ग सिलान्यास गरिएको छ । पचालझरना गाउँ पालिकाको खार्दु गाउँ देखि झरना सम्म जाने  र्‍यालिङ सहितको पद मार्गको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल र संस्कृति पर्यटन  तथा नागरिक उड्डयनमन्त्रालयका प्राबिधिक अधिकृत रामकृष्ण महर्जनले सयुक्त सिलान्यस गर्नु भएको   हो । पचालझरना जोड्ने पदमार्गको काम समयमै सम्पन्न हुने बताइएको छ । सो सिलान्यस कार्यक्रममा प्राबिधिक अधिकृत महर्जनले नेपालको अग्लो झरनाको संरक्षण प्रबर्द्धनमा आफुहरुको साथ रहदै आएको र आगामी दिनमा साथ रहने बताउदै नमुनाका रुपमा पदमार्ग निर्माण गर्न अनुरोध गर्नु भएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवालले पचालझरनाको संरक्षणमा मन्त्रालयले बिगत देखि सहयोग गर्दै आएकोमा धन्यवाद दिनु भएको छ । उक्त कार्यक्रममा पचालझरना गाउँ पालिकाका निमित्त प्रशासकीय अधिकृत परेग शाही,नेकपा माओवादी केन्द्रका पचालझरनाका अध्यक्ष पौरख बिक लगाएतका अतिथिहरुको सहभागिता रहेको थियो । सो पदमार्ग निर्माणका लागि मन्त्रालयको ७० प्रतिशत अर्थात ३ करोड ३१ लाख र पचालझरना गाउँ पालिकाको ३० प्रतिशत अर्थात १ करोड ६९ लाख गरेर ५ करोडमा २ किलोमीटर ८ सय मिटर पदमार्ग निर्माण हुने भएको सुचना प्रबिधि अधिकृत प्रकाश कठायतले बताउनु भयो । नेपालको अग्लो पचालझरना ३ सय ८१ मिटर अग्लो रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित