कालीकोट । नेपालमा एमसिसिले निकै चर्चा पाएको छ ।पछिल्लो समयमा जनस्तरमा व्यापक आलोचनाको रुपमा लिएको एमसिसि नेपाल सरकारले संसदमा लिने आशंकामा ६ वामपंथि दलहरुले संसद घेराउ सहित नेपाल बन्दको आयोजना गरेका छन ।
कुनै हालतमा संसदमा पास नगर्ने र उक्त आयोजना नेपालबाट फिर्ता पठाउन संघर्षरत दलहरुले विरोध जनाएका हुन ।विप्लव नेतृत्वको नेकपा,बैद्य नेतृत्वको क्रान्तिकारी माओवादी,नेकपा(मसाल) लगाएतका ६ राजनैतिक दलहरुले आमहड्तालको कार्यक्रम सहित सभा जुलुसको कार्यक्रम गर्ने भएका हुन ।
सत्ता गठबन्धनका दलहरु निकट संघ संगठनले समेत एमसिसिको विरोध जनाउदै आएका छन ।
Discussion about this post