कालीकोट । नेकपा(माओवादी केन्द्र)ले पालिका स्तरमा घोषणा पत्र तयार गर्ने भएको छ ।
जिल्ला समन्वय समितिको बैठकले रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको नेतृत्वमा पालिका स्तरिय घोषणा पत्र तयारी समिति बनाएको जिल्ला संयोजक लक्ष्मि चौलागाइृले बताउनु भएको छ । वहाँका अनुसार जिल्लाका तीन नगर पालिका र ६ गाउँ पालिकामा स्थानिय सरकार,प्रदेश सरकारले गरेका काम कार्वाही र आगामि दिनमा माओवादी केन्द्रले विजयि बने पछि गर्ने काम सहित समुदाय स्तरमा गरिने काम कार्वाहीको प्रतिवद्धता सहित घोषणा पत्रको तयारी गरिने भएको छ ।
कालीकोट जिल्लाका ६ गाउँ पालिका मध्ये नेकपा(एमाले)ले तीन,नेपालि कांग्रेसले एक र बांकी रहेका दुइृ नगरपालिका र ३ गाउं पालिकामा नेकपा माओवादीले जित हांसिल गरेको थियो ।
कालीकोट जिल्लामा २०६४ साल देखि अहिले सम्म सहकार्यबाट तत्कालिन नेकपा(एमाले)का कुर्मराज शाही बाहेक कुनै पार्टीका नेताहरुश्रले जित हांसिल गरेर सांसद भएका छैनन ।
नेकपा(माओवादी केन्द्र)ले समाजवाद उन्मुख स्थानिय सरकार भन्ने नाराका साथ दुई महिने अभियान गाउँ गाउँमा संचालन गर्दै कयौं नेता तथा कार्यक्रता भित्रिने क्रम अघि बढेको नेकपा(माओवादी केन्द्र)ले जनाएको छ । कालीकोटलाई आगामि १० वर्ष भित्र पर्यटनको हव देखि जलविद्युतको उत्पादनको थलो बनाउने योजना समाबेश हुने बताइएको छ ।
Discussion about this post