कालीकोट । सान्नित्रिवेणी गाउँपालिकामा साहारा विहिन बालवालकासलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । सान्नित्रिवेणी गॉउ पालिका र सहास नेपालको सहयोग तथा ग्रामीण सामुदायिक विकास केन्द कालिकोट समन्वयमा १५ जना सहाराविहीन तथा न्युन अवस्था भएका बालबालिकालाई नगद ४ हजारका दरले शैक्षिक सामग्री वितरण गरिएको गैर सरकारी संस्था शाखा संयोजक मनोज देवकोटाल जानकारी दिएका छन ।
वालवालिकाले झोला तथा स्टेशनरी प्राप्त गरेपछि आफुहरु विद्यालयमा निरन्तर जाने बताएका छन। सो कार्यक्रममा अधिवक्ता दमनराज बम लगाएतको सहभागिता रहेको बताइएको छ ।
Discussion about this post