कालीकोट । रास्कोट नगरपालिका वडा न. ७का वडाध्यक्ष अदलसिंह महताराले यस अघि वडाको विकासमा स्वस्थ्य,शिक्षा र सडक विस्तारको योजना अघि सारेको भएपनि चालु वर्षमा वडामा सिचाई कुलोका मर्मत सम्भार,पहिरो नियन्त्रण तथा विस्तार भएको सडकको स्तरन्नोति तथा नपुगेको गैरागाउँमा सडक विस्तार गर्ने बताउनु भएको छ ।
अध्यक्ष महताराले आफुले वडामा १ सय ९२ घरधुरी मध्ये १ सय १५ घर धुरीमा एक घर एक धारा निर्माण भएको बांकी ७७ घर धुरीमा चालु वर्षमा धारा जडान गर्ने, पञ्चकोट आधारभुत विद्यालयमा ४ कोठे भवन निर्माणधिन रहेको,आधारभुत स्वस्थ्य इकाइ भवन निर्माण भएको,बालशिक्षा भवन निर्माण गरिएको,आशा परियोजना मार्फत पशुपालन तर्फका कार्यक्रम गरिएको,बच्छिउडीमा अनार पकेट क्षेत्र कार्यक्रम अन्तरगत विरुवा वितरण गरिएको समेत बताउनु भएको छ ।
रास्कोट नगरपालिका भित्रको सबै भन्दा कम जनसंख्या भएको वडाका रुपमा चिनिदै आएको गैरागाउँ र पुछ्रेगाउँमा मुख्यमन्त्रि रोजगार कार्यक्रम मार्फत वडामा विद्यालयको भवन निर्माणको कार्यक्रम शुरु गरिएको र आगामी दिनमा आफुले वडा न. ७ मा रहेको १५ कि.मि लामो खाति सिंचाइ कुलो मर्मत बताइएको छ ।
त्यसै गरी वडा कार्यालको भवन निर्माण गर्ने, विद्यालयको फिल्ड निर्माण जरुरी रहेकाले सम्पन्न गर्ने,गाउंँमा रोपाई गर्ने ज्युलाको तल्लो भागमा वर्षेनि बाढिका कारण पहिरो जाने भएकाले सो को तटबन्धन गर्ने बताउदै कृषिमा आत्मनिर्भर बनाउने र रोजगार मुलक कार्यक्रम मार्फत सडकको स्तर उन्नति र नपुगको गैरागाउँमा सडकको काम विस्तार गर्ने योजना अघि सारेको बताउनु भएको छ ।
वडा न. ७मा वडाध्यक्षमा तत्कालिन नेकपा(माओवादी केन्द्र)बाट विजयि वडाध्यक्ष अदलसिंह महतारा समाजसेविका रुपमा चिनिदै आउनु भएको थियो ।
Discussion about this post