कालीकोट । राजमार्ग नभइ मृत्यु मार्गको रुपमा लिदै आएको सडक ठाउँ ठाउँमा स्तरोन्नति नहुंदा निकै जोखिममा यात्रुहरुले यात्रा गर्नु परेको तितो सत्य बोकेको मार्ग हो कर्नालि राजमार्गको सुर्खेत जुम्लमा सडक खण्ड ! पछिल्लो समयमा कालोपत्रेको निरन्तरता संगै नदि,खोलाहरुमा पक्कि पुल निर्माण सम्पन्न हुन थालेका छन ।
सुर्खेत,नेपालगंज जान कयौं समय लाग्ने सुर्खेत जुम्ला सडक खण्डमा दर्जनौ पुलहरु निर्माणमा ढिलाई भएपछि कर्नालि प्रदेश सरकारले दवाव दिदा एक दर्जन पुलहरु सम्पन्न भएर सडक सहजता आएको छ । जिम्मा लिएको लामो समय सम्म ठेकेदारहरुले वेवास्ता गरेकै कारण ओझेलमा परेका पक्कि पुलहरु दैलेख जिल्ला देखि जुम्ला सम्म दुई दर्जन बढि रहेका छन । ति पुलहरु मध्ये दैलेख जिल्ला मात्र एक दर्जन रहेका छन ।
अहिले दैलेख जिल्लाको कुवा खोला,बोट खोला,पातल खोला,ओतर खोला,कुमाले खोला,पाल्ताडा खोला र साईखोला र कालीकोटका दहि खोला लगाएतका आधा दर्जन पुलहरु सम्पन्न भएर गाडी गुड्न थालेका छन । ति पुलहरु नबन्दा ज्यादै दुखा पाउनु परेको यात्रु बस तथा सामान ढुवानि गर्ने चालकहरुको गुनासो रहेको छ ।
सुर्खेतका ट्रक चालक सन्तोष विसीले आफुले कर्नालि राजमार्गमा हिड्न शुरु गरेको ११ वर्ष भयो ठाउँ ठाउँका खोलाहरुमा कयौं दिन बास बस्नु परेको पिडा सुनाउदै आफुहरुलाई पछिल्लो समय सहज हुन थालेको बताए । उनले भने दैलेखको घट्टेखोला,कालीकोटको सेरीघाट, टाकुल्ला खोला लगाएतका ठाउँमा निकै दुःद्ख भोग्नु परेको बताए ।
वर्षाै लगाएर बनाइएका पुलहरुमा यात्रा गर्न पाउँदा विगतको दुख हराएको बताउदै आगामी दिनमा छिट्टै कर्नालि राजमार्ग कालो पत्रे हुनु पर्नेमा उनले जोड दिएका छन । पुलको काम तिव्रता आएपछि कालो पत्रेको काम पनि तिव्र गतिमा आएको छ ।
लामो समय पुलको काम गर्दै आएका कालीकोटका ठेकेदार अज बहादुर शाहीको पिडा बेग्लै छ ।आफुले पुलको कामको जिम्मा लिएका कालीकोटको सिम्लागाढ र सेरीघाटका पुलहरु समयमै निर्माण गरेको तर त्यस संगै काम शुरु भएका पुलहरु ४ वर्ष सम्म निर्माणको काम भइरहेको बताएका छन ।
आफुले जोखिम मोलेर दुर्त गतिले काम गरेको थिए । त्यसबाट भएको क्षतिको बारेमा बेग्लै पिडा छ अहिले पनि अन्य निर्माणधिन पुलको जिम्मा लिन सडक डिभिजन कार्यालयबाट दवाव आएको तर आफुले नलिएको बताएा छन । कालीकोटको सडक लाईनमा काम गर्न निकै कष्ट भोग्नु परेको बताउदै ठेकेदार शाहीले समुदाय स्तरबाट हाम्रो विकास हो हामीले साथ दिनु पर्छ भन्ने भावनाको विकास नहुंदा सम्म सम्रग क्षेत्रको विकास गर्न कठिन हुने ठेकादार शाहीको भनाइ रहेको छ ।
२०५७ साल तत्कालिन नेपाल सरकारका उप्रधानमिन्त्र रामचन्द पौडेलले सिलान्यास गरेको सडकको निर्माणको जिम्मा तत्कालिन शाही सेनाले लिई कर्नालि राजगमार्गको सुर्खेत जुम्ला सडक खण्ड २०६३ सालमा सडक विभागलाई हस्तान्तरण गरिएको थियो । पटक पटक सडक दुर्घटना भएर कयौंले ज्यान गुमाएको कर्नालि राजमार्ग लामो समय देखि रात्रि बस बन्द गरिएको छ ।
चार दर्जन बढिले ज्यान गुमाएको सुर्खेत जुम्ला सडक खण्ड २ सय ३२ किलो मिटर रहेको छ । उक्त सडक खण्डमा वर्षाको समयमा पहिरो पन्छाउन सरकारले करोडौं बजेट व्यवस्थापन गर्दै आएको स्तरोन्नतिमा कमि रहेको जनगुनासो भने आइरहेको छ ।
कालो पत्रे देखि पक्कि पुलको काम के भइरहेको छ भन्ने बारेमा सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख लिला बहादुर भण्डारी स्थलगत रुपमा निकै खटेका छन । उनका अनुसार यस वर्ष ७ दशमलव २ किलो मिटर सडक कालो पत्रे भएको र ७ वटा पक्कि पुल मध्ये यस वर्ष दैलेखको घट्टेखोला,भिग्म र टाकुल्लाका पुलहरु बन्ने बताउदै सेरीघाट र नाग्मको पुल सडक डिभिजन कार्यालय सुर्खेतले हेर्ने गरेको बताएका छन । यस वर्ष सिंजाका ६ वटा र मुगु गमगढीका ४ वटा गरी १० वटा पक्कि पुलको बोलपत्र आव्हान हुन लागेको समेत बताएका छन ।
कर्नालि करिडोर जोड्ने खुलालु खोला पुल पनि यस आर्थिक वर्षमा सम्पन्न हुने बताउदै सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख भण्डारीले पछिल्लो समय सडक विस्तार र स्तरोन्नतिको काम तिव्र पारिएको दावि गरेका छन ।
Discussion about this post