पलाताको छलाहं पुगे गाडी,स्थानीय द्वारा स्वागत(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालिकोट । पलाताको अति बिकट छलाहंमा पहिलो पटक गाडी पुगेपछी स्थानीयले स्वागत गरेका छ्न ।

पलाता गाउँ पालिका प्रवक्ता तथा वडा नम्बर ४ का अध्यक्ष तिलक बुढाका अनुसार लामो समयको अन्तराल पछि सडक निर्माण कार्य सम्पन्न भएपछी जिप संचालनमा ल्याइएको बताए । उनले भने अब साबिकको खिन सम्म यातायातका संचालनमा आएपछि समुदायले राहतको महसुस गरेका छ्न ।

अब निकट भबिस्यमा पलातको खिनका नेटा लगाएतका स्थानमा यहि वर्ष भित्र यातायात सुचारु हुने प्रबक्ता बुढाले बताएका छन ।पलाता गाउँ पालिका अध्यक्ष बिष्णु रोकायाले पलाता गाउँ पालिकामा जनताका समस्यालाइ क्रमस पूरा गर्ने बताए । अध्यक्ष रोकायाले पलातामा यस वर्ष बाढीपहिरोले क्षेती पुगाएकाले त्यस तर्फ पालिकाको ध्यान केन्द्रित भएको बताएका छ्न ।

अहिले पलाताका थिर्पु,बेर्सनकोट,धौलागोह लगाएतका स्थानमा यातायातका साधन पुगेको गाउँ पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित