News Portal

  • खानेपानिको अवस्था बुझ्न फिनल्याण्ड नागरिक स्थलगत रुपमा पलांता पुगे

    कर्नालीसंचार संवाददाता२ माघ
    ६१६ पटक
    २ माघ

    कालीकोट । जिल्लाको सबै भन्दा पछि पारिएको पलांताको खानेपानि सदियौं देखि अन्त भएको छ । लामो समय पछि खानेपानि समस्या समाधान संगै स्थानियले पलांता सरकारलाई धन्यवाद दिन थालेका छन ।

    अहिले पलांता गाउँ पालिकामा संचालित दिगो खाने पानी तथा सरसफाई स्वच्छता परियोजना(सुस्वा)ले पलाता गाउँ पालिका वडा न २ मा खानेपानिका एक घर एक धारा निर्माण संगै ४ सय ४२ घरधुरीले खानेपानि पाएपछि पहिलो पटक परियोजनाका तर्फबाट पलांताको राडुनेटामा विदेशि नागरिक सहितको टोलिले अनुगमन गरेको छ ।

    पलांता सरकार र फिनल्याण्ड सरकारको सयुक्त लगानिमा संचालित थला तलेसरी गडगडे खानेपानि निर्माणाधिन अवस्थामा अघि बढेको छ । सो खोनेपानिको अवस्थाका बारेमा सुस्वा परियोजना टिम लिडर मारियो मिलिनेसी(इटली) र मिकाइला (फिनल्याण्ड) सहितका प्रतिनिधिहरुले अनुगमन गरेको बताइएको छ ।

    सो कार्यक्रममा पलांता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकाया, प्रमुख प्रशासकिय अधिकृत शुरेष श्रेष्ठ,शिक्षा शाखा प्रमुख कल बहादुर भण्डारी,वडा न.२का अध्यक्ष भिम प्रसाद न्यौपाने लगाएतको सहभागिता रहेको सुस्वा परियोजना सयोजक धिर भण्डारीले बताएका छन । उनका अनुसार पलांतामा सुस्वाले शिक्षा र खानेपानिमा काम गर्दै आएको बताएका छन ।

    पलाता गाउँ पालिका अध्यक्ष राेकायले पलाताकाे पुस्ताै‌ँ अघिकाे खानेपानि हल भएकाेमा खुशि व्यक्त गर्दै दिगाे व्यवस्थापनका लागि सरकार लागि पर्ने बताएकाे सहकर्मि धनबहादुर शार्कीले जनाएका छन ।

    प्रतिकृया दिनुहोस्