पर्यटन मन्त्रि रावतको पहलमा कालीकोट जिप दुर्घटनाका विरामीको निशुल्क उपचार

7
SHARES
15
VIEWS

कालीकोट । गएराति पचालझरनाको जारकोट नजिक भएको दुर्घटनाका ८ जना विरामीको सुर्खेतमा निशुल्क उपचार हुने भएको छ । कालीकोट जिल्ला प्रदेश क का सांसद तथा पर्यटन मन्त्रि दुर्ग बहादुर रावतको पहलमा सामाजिक विकास मन्त्रालयलाइ गरेको आग्रहमा निशुल्क उपचार हुने भएको हो ।

सो जिप दुर्घटनामा १२ जना यात्रु घाइते भएका थिए । जसमा ४ जनाको जिल्ला अस्पताल कालीकोटमा सामान्य उपचार पछि घर पठाइएको छ भने ९ जनालाई थप उपचारको लागि कर्नाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । ति विरामीको उपचारका लागि सामाजिक विकास मन्त्रि बिर बहादुर शाहीको निर्देशनमा प्रदेश अस्पताल सुर्खेतलाइ पत्राचार गरिएको बताएका छ ।

सामाजिक विकास मंत्रालयका कानुन अधिकृत एकराज चौलागाईले प्रदेश अस्पताललाई जानकारी गराएका हुन । जसमा

१. लक्ष्मी वि.क. पलाता -६

२. पुष्कल वि.क. पलाता -६

३. राजिन वि.क. पलाता – ६

४. लाल वि.क. पलाता – ६

५. द्यन्नामे वि.क. पलाता – ६

६. जैमल वि.क. पलाता – ३

७ .पारस वि.क. पलाता – ३

८ .ऐमान वि.क. पलाता – ३ –

९ .खडक वि.क नरहरिनाथ – १

सो दुर्घटनाका चालक दिनेश फर्साल र सहचालक रमेश फर्साललाई जिल्ला प्रहरी कार्यालय कालीकोटले नियन्त्रणमा लिएको छ । ग ३ च६२०६ नम्बरको जिप विहबार राती १० वजे माने बजारबाट पचालझरनाको घाटचौरतर्फ जाँदै गर्दा पचालझरनाको जारकोट नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित