पातरखोलामा आगलागि पिडितलाई हिमचुली सहकारी द्वारा राहत प्रदान

7
SHARES
15
VIEWS

रुपेन्द्र ऐडी

कालीकोट । जुम्ला जिल्लाको हिमा गाऊँ पालिका वडा नम्बर ६ पातरखोला निवासी तारा शाहीको घरमा एकाएक आगलागी भएको छ। शनिवार दिउसो १२ बजे सोलार व्याट्रीको तार जुधेर आगलागि भएको बताइएको छ । घरधनि तारा शाही घरमा नभएको बेला आगलागि भएको हो । शाहीका अनुसार आगलागि हुँदा स्थानियले आगो नियन्त्रणमा लिएका  हुन ।

अनुगमनको लागी हिमचुली कृषि सहकारी संस्था लि. को टोली पातर खोलामा गएको वेला आगलागि बाट घरको लत्ताकपडा लगाएतका सामान क्षेति भएकोले सहकारीद्वारा तारा शाहीलाई राहत प्रदान गरेको छ । हिमचुली कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष काली बहादुर महतारा, संचालक समितिका सदस्य धनकृष्ण न्यौपाने, मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्य, नाग्म सेवा कार्यालय व्यवस्थापक चन्द्रमणि आचार्यको उपस्थितिमा नगद रु ५ हजार राहत वितरण गरिएको हो ।

घरबास विहिन भएको र अन्न बाली समेत नष्ट भएपछि खाधन्न तथा आधारभुत आवश्यकता परिपुर्ति गर्न उक्त राहत प्रदान गरिएको संस्थाका अध्यक्ष काली बहादुर महताराले बताए ।

हिमचुली कृषि सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यलाई आवास क्षेति, सदस्यका पति वा पत्नीको मृत्यु भएमा राहत वितरण गर्दै आएको छ । हिमचुली कृषि सहकारी संस्थाको हाल १५ हजार ३० जना सदस्य रहेका छन् भने जिल्ला भर ११ वटा सेवा कार्यालय रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित