कालीकोट । तिलागुफा नगरपालिका उपप्रमुख महेन्द्र बहादुर शाहीले कृषि र पशुपालनका क्षेत्रमा हिमचुली कृषि सहकारी संग सहकार्य गरी कार्यक्रम गर्ने बताएका छन् । हिमचुली कृषि सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उपप्रमुख शाहीले सो कुरा बताएका हुन । कार्यक्रमका प्रमुख अतिथि रहेका नगर उपप्रमुख शाहीले हिमचुली कृषि सहकारी आपत विपतको साहारा भएको र विभिन्न किसिमका कारोबार गर्दै सदस्यको जिवन परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताउँदै यहाँका समुदायको हितमा साझेदारी रुपमा काम गर्न नगर सरकार तयार रहेको बताएको हुन ।
१६ औं वार्षिक साधारण सभामा संस्थाका वरिष्ठ उपाध्यक्ष सरोज बोगटीको अध्यक्षतामा भएकाे कार्यक्रममा संस्थाका विभिन्न प्रतिवेदन प्रस्तुत गरिनुका साथै उत्कृष्ट केन्द्र नम्बर २, जेष्ठ सदस्य नानिकोइला उपाध्याय र भेडापालन व्यवसायि काली बहादुर शाहीलाई सम्मानित गरिएको थियो । त्यसै गरी गएको असोज महिनामा आगलागी पिडित कमला शाही , लक्ष्मि शाही र जनपुरा शाहीलाई खाद्यन्न राहत समेत हस्तान्तरण गरिएको संस्थाका शाखा व्यवस्थापक गोर्ख महताराले जानकारी दिएका छन ।
Discussion about this post