कालीकोट । जिल्लामा बाढी पहिरो बाट मृत्यु भएका मृतकका आफन्तलाइ एक करोड २ लाख राहत प्रदान गरिएको छ ।
कर्नालि प्रदेश सरकारले ५१ जना मृतकका आफन्तलाई २ लाखका दरले चेक हस्तान्तरण गरिएको हो ।
जिल्ला सदरमुकाम मान्ममा आयोजना गरिएको कार्यक्रममा कर्नाली प्रदेशका मुख्य मन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी र सामाजिक बिकास मन्त्री दल रावतको उपस्थितिमा उक्त रकम विभिन्न गाउँ पालिकाका बाढिपिडितलाइ चेक हस्तान्तरण गरिएको बताइएको छ ।
कालीकोटमा बाढी पहिरोले लाखौ धन सम्पतिको क्षेती पुगेको थियो ।कर्नाली सरकारले सुरु गरेको बिपद जोखिम सामुहिक दुर्घटना बिमा कार्यक्रम मार्फत सबै नागरिकलाई लागू हुने गरि सो कार्यक्रम संचालनमा ल्याइएको छ ।
यस अघि बाढिपिडितलाइ प्लान नेपालले १ हजार जनालाइ १५ हजारको दरले राहत दिएको थियो भने कर्नाली प्रदेश सरकारले खाद्यान्न ,लत्ताकपडा को समेत सहयोग गरेको थियो । अब मृतकलाइ संघीय सरकारले मृतकलाइ २ लाखका दरले राहत दिन बाकी रहेको छ ।
Discussion about this post