रास्कोट– सान्नी अन्तरपालिका स्तरीय सडकको सिलान्यास

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको आयोजनामा रास्कोट नगरपालिकाको वडा न. १ लहरेला देखि बडलतोला हुँदै मुम्रा सम्मको सडक आज एक कार्यक्रमका विच सिलान्यास गरिएको हो ।

स्थानिय जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा सिलान्यास गरिएको बताइएको छ । रास्कोट नगरपालिका उपप्रमुख मिमसरा शाही र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का निर्वाचन क्षेत्र परिचालन समिति क्षेत्र खका संयोजक जगत शाहीले सयुक्त सिलान्यास गरेको कार्यपालिका सदस्य मन तिरुवाले बताउनु भएको छ । वहाँका अनुसार रास्कोट नगरपालिकाको बडतोलामा यस अघि पहिरोले सडक भत्काएका कारण बाटो बन्द भएको र उक्त स्थानबाट सडक विस्तार गर्न सम्भव नभएका कारण लहरेला देखि बडतोला सम्मको ३ किलोमिटर सडक निर्माण गर्न लागिएको बताउनु भयो ।

सिलान्यास कार्यक्रममा नेकपाका नेता जगत शाहीले गाउँ गाउँमा सडक संजाल जोडिए संगै ग्रामिण क्षेत्रमा सहज पहुच बढेको बताउदै त्यहि अनुसार सदुपयोग गर्नु पर्ने बताउनु भएको छ । वहाँले समुदायको हितमा विपदका समयमा स्थानिउ सरकारले जनताको आवत जावतलाई ध्यानमा राखि सडक सुचारु गर्न पहल गरेकोमा धन्यावाद दिनु भएको बताइएको छ ।

साथै उक्त सिलान्यास कार्यक्रममा नगर उपप्रमुख मिमसरा शाहीले जनताको समस्या भनेको सरकारको समस्या भएकाले नगरपालिकाको विनियोजित बज्ट नभएपनि आफै डोजर लगाएर सडक सुचारु गर्ने बताउनु भयो ।

उक्त सडकमा ५ लाख भन्दा बढि बजेट लाग्ने भएपनि नगरपालिकाको डोजरले सुचारु गर्ने भएको हो ।यस अघि रास्कोट नगरपालिकाले सान्निघाट देखि स्युना आरसिपि बजार सम्मको सडक सुचारु गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित