कालीकोट । रास्कोट नगरपालिकाले विभिन्न कार्यालयहरुका भौतिक संरचना निर्माणमा तिव्रता दिएको छ । पछिल्लो समय रास्कोट नगरपालिकाले विद्यालयहरुका साथै स्वस्थ्य संस्थाका भवन निर्माणमा तिव्रता दिएको हो ।
रास्कोट नगरपालिका र युनिसेफ नेपाल संगको साझेदारीमा विद्यालयमा भवन निर्माणका साथै सौचालय,फोहोर व्यवस्थापन र बाल मैत्रि धारा निर्माण कार्य अघि बढेको बताइएको छ । रास्कोट नगरपालिका माध्यमिक विद्यालयहरुमा नमुना तथा पक्कि भवन समेत बन्न थालेपछि शिक्षामा सुधार हुने अपेक्षा लिइएको छ ।
आर्थिक वर्ष २०७७।०७८मा विद्यालयका भवन निर्माणकालागि ५ करोड बजेट व्यवस्थापन गरिएको बताइएको छ ।
अधिकांस विद्यालयको भवनको निर्माणको जिम्मा रास्कोट श्रम राजेगार बैंकलाई दिइएको छ भने बडिमालिका मावि स्युना र नजागृति मावि डंग्रिडांडामा भने ठेक्काबाट काम शुरु भएको बताउनु भएको छ । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालका अनुसार रास्कोटमा यस अािर्थक वर्षमा ५ वटा विद्यालयका भवन निर्माण भएको र ७ वटा विद्यालयमा काम भइरहेकोे बताउनु भएको छ ।
नगरप्रमुख बरालका अनुसार काला सिल्ला मावि गोर्खालि गाउँमा कर्नालि प्रदेश सरकारको सहयोगमा सम्पन्न भएको र अन्य विद्यालयहरुमा संघिय सरकार र रास्कोट नगरपालिकाको लगानिमा काम शुरु भएको बताइएको छ ।
बडिमालिका मावि स्युना,सिपखाना,जनजागृति मावि फुकोट,शम्भुनाथ आधारभुत,शुन्दर आधारभुत विद्यालयमा काम शुरु भइरहेको छ भने काला सिल्ला मावि गोर्खालिगाउँ,मोतिराम मावि सिपखाना,बड्डाा,तोलि लगाएतका विद्यालयहरुमा भवन निर्माण भएको बताइएको छ ।
रास्कोटमा यस वर्षमा एक घर एक धारा निर्माणको कामले पनि निरन्तरता पाएको छ ।
श्रम रोजगार बैंक कालासिल्ला समुहका नरध्वज खड्का (उमेश)ले रास्कोट नगरपालिकामा भौतिक संरचना देखि हरेक काम युवाको कांधमा आएको र त्यो अभिभारा पुरा गर्न रास्कोटका युवाहरु निरन्तर लागि परेको बताउदै आगामी दिनमा समेत रास्कोटमा नमुना काम श्रमरोजगार बैंकका युवाहरुबाट हुने दावि गर्नु भएको छ ।
पछिल्लो समयमा रास्कोट नगरपालिकाले ल्याएको अवधारणा अनुसार युवहारु विदेश जानबाट रोकिएको र गाउँमा स्वरोजगार हुने अवसर पैदा भएको बताउदै कमाइ गरेको १० प्रतिशत बचत समेत युवाहरुले गर्दै आएका छन ।
युनिसेफ संगको साझेदारीमा रास्कोटका सबै घरधुरीमा स्वस्च्छ खानेपानि पुगाउनका लागि पहल भइरहेको रास्कोट नगरपालिकाले जनाएको छ हाल सम्म १ हजार बढि घरधुरीमा खानेपानि पुगिसेकेको बताइएको छ ।
तस्विर सामाजिक संजालबाट
Discussion about this post