कालीकोट । क्यान्सरका कारण आर्थिक अभावमा उपचार हुन नसकेका पचालझरना २ निवासी भोटे तिरुवालाइ कामको सिलशिलामा जोडर्न गएकी सीता शाहीले सहयोग गरेकी छ्न ।
उनले उपचारका लागि ७ हजार ८ सय रुपियाँ सहयोग गरेकी सिता शाहीले पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालको नाममा आइएमइ गरेर उक्त रकम सहयोग गरेको बताइएको छ ।
गाउँ पालिका अध्यक्ष सेेेेजुवालले क्यान्सर पिडितको आफन्तको नाममा हस्तान्तरण गर्नु भएको छ ।
सिताले जोडर्नमा एक गार्मेन्ट उद्योगमा दैनिक १० घण्टा काम गरेर कमाएको उक्त रकम क्यान्सर पिडित भोटे तिरुवालाइ सहयोग गर्न पाउँदा खुशी लागेको र हामी जस्ताले सहयोग गरेको रकमबाट तिरुवाको ज्यान बच्ने आशा गरेकी छ्न ।
उनी पचालझरना २ धमाली निवासी हुन ।
तीन वर्ष अघि भारत हुँदै जोडर्न पुगेकी उनले आफ्नो कमाइ बाट घर जग्गा समेत बनाउन सफल भएकी छन ।
Discussion about this post