कालीकोट । पचालझरनामा गरिएको व्यवहारिक उत्प्रेरणा कार्यक्रमले सकरात्मक प्रभाव पारेको छ । गाउँ पालिकामा यहि जेष्ठ २४ देखि २६ गते सम्म तिन दिन गरिएको सो कार्यक्रममा शैक्षिक क्षेत्रको सुधार मात्र नभई जिवनमा भोगेका भोगाई र भविष्यमा देखेका सपनाका लागि गर्नु पर्ने भुमिका सहितको उत्प्रेरणाले समुदाय, विद्याथी र शिक्षकहरु विचको सम्बन्ध सुदृढका लागि सहजता ल्याएको छ ।
पचालझरना गाउँ पालिकाको गाउँ शिक्षा तथा खेलकुद शाखाको आयोजनामा शुरु भएको कार्यक्रममा कालिका माव विज्ञान माध्यमिक विद्यालय बुटवल रुपन्देहीका पूर्व शिक्षक तथा अभियान्ता हरिश वलिको उपस्थितिमा गरिएको हो ।
पहिलो दिन शिक्षकहरुको उपस्थितिमा उत्प्रेरणा कार्यक्रम गरिएको थियो भने दोस्रो दिन विद्यार्थीहरुलाई प्राथना व्यवस्थापन, पिटी तथा सांगितिक कार्यक्रम मार्फत उत्प्रेरण जगाइएको हो ।
सयौ विद्यार्थी, अभिभावकहरुको सहभागितामा कालीकोट जिल्लाकै पहिलो पटक गरिएको उत्प्रेरणा कार्यक्रमबाट कर्याैंको मनमा ठुलो परिवर्तन ल्याउने अपेक्षा गरिएको पचालझरना गाउँ पालिका शिक्षा अधिकृत धुवलाल न्यौपानेले बताए । उनका अनुसार गएको वर्ष प्रशिक्षक वलि संगको समन्वय सहकार्य गरिएको भएपनि समय अभावले सहज नभएको र यस पटकको कार्यक्रमले पचालझरना गाउँ पालिकामा भन्दा पनि जिल्लाभर सकरात्मक प्रभाव कायम गरेको संज्यालको दावि छ ।
संज्यालका अनुसार विद्यार्थी अभिभावक विचको शैक्षिक क्षेत्रका सुधारका लागि खेल्नु पर्ने भुमिका र स्थानिय सरकारका तर्फबाट गर्नु पर्ने कामकार्वाहीका बारेमा महत्वबोध जगाएको छ । यसबाट पक्कै पनि शैक्षिक क्षेत्रमा मात्र नभई हरेक मानिसहरुमा सकरात्मक सोचको विकास हुने अपेक्षा लिएको छ । यस कार्यक्रमले समुदायमा भावनात्मक सम्बन्ध र एकले अर्का प्रतिको व्यवहारमा फरकपन ल्याउनु राम्रो संकेत भएको बताइएको छ ।
प्रशिक्षक हरिश वलिले शिक्षक कर्मचारी, अभिभावक, जनप्रतिनिधिहरुको भुमिका मात्र नभई जिवनमा भोगेको दुखकष्ट र सपना साकार पार्नका लागि गरिने कामकार्वाहीका बारेमा स्पष्ट रुपमा प्रस्तुत गर्दा कयौँका आँखा रसाएका थिए ।
कार्यक्रममा सहभागिहरुले पचालझरना गाउँ पालिकाले आयोजना गरेको यस कार्यक्रममा बाट कयौं ज्ञान हांसिल गरेको बताएका छन ।
पचालझरना गाउँ पालिका देबराज शाही (अग्नि)ले व्यवहारिक उत्प्रेरणा कार्यक्रमले समाजको ऐन देखाएको बताउदै जिवन व्यवहारमा सहि ढंगले लागु गर्नु पर्नेमा जोड दिएका छन । तिन दिन सम्म आयोजना गरिएको कार्यक्रमको सकरात्मक तथा नकरात्मक टिप्पणि भने गरिएको पाइएको छ ।
जसमा सयौंले कार्यक्रमको प्रभावकारीताका बारेमा सकरात्मक टिप्पणि गरेका छन । जिवनमा हौसला प्रदान गरिने कार्यक्रम जरुरी रहेको बताउदै यसबाट आउने उपलब्धिहरुका बारेमा भने पर्खिनै पर्ने देखिन्छ ।


