जनताको सारथि बन्दै रास्कोट नगर प्रहरी

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगर प्रहरी जनताको आपत विपतको सारथी बनेको छ । नगर वासीको सुरक्षाका लागि गएको माघमा गठन भएको रास्कोट नगर प्रहरीले जनतालाई विपतमा साथ दिन थालेको छ ।
रास्कोट नगर प्रहरीले आज नगर प्रहरी जवान आरेन्द्र शाहिको आमा हरिचना शाहिलाई रास्कोट अस्पतालमा उपचार हुन नसके पछि वर्षायामले कठिनाइ भएको समयमा सहयोग गरेको छ ।
वर्षाको समयमा रास्कोट अस्पतालमा एम्बुलेन्स जान नसक्दा उद्धार गरेको नगर प्रहरीले जनाएको छ।

नगर प्रहरीले विरामीलाई रास्कोट अस्पताल रहेको गौतु देखि बड्डाला सम्म स्टेचरमा वोकार उद्धार गरेको बताइएको छ। रास्कोट नगर प्रहरीले समाजमा फैलिने चोरी डकैति तथा आपत विपतमा निरन्तर साथ दिन वताउदै रास्कोट नगर प्रमुख धर्मराज शाहीले सबै नगर वासीलाई सेवा र सहयोगमा कमि हुन नदिन जनताको साथमा नगर प्रहरी रहने बताए।
यस अघि नगर प्रहरी गठनलाई खारेज गर्न उच्च अदालत सुर्खेतमा रिट दायर गरेपनि अदालतले खारेज गरे संगै रास्कोट नगर प्रहरी गठन भएको हो।

कालीकोट जिल्लाको रास्कोट नगर पालिका नगर प्रहरी गठन गर्ने पहिलो स्थानिय तह हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित