पचालझरनाको १९ औँ गाउँ सभा अषाढ ६ गते

पचालझरनाको १९ औँ गाउँ सभा अषाढ ६ गते

कोहलपुर । संघिय सरकार पछि प्रदेश हुंदै स्थानिय सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने क्रम अघि बढेको छ । पचालझरना गाउँ पालिकाले १९ औंँ गाँउ सभा आगामि अषाढ ६ गते गर्ने भएको छ । पचालझरना गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत तथा गाउँ सभाका सचिव ओम प्रकाश सापकोटाद्धारा हस्ताक्षरित सुचनामा आथिर्क कवाषर्् २०८३ । ०८४को नीति तथा कार्यक्रम र बजेट पारित गर्ने गाउँ सभामा सहभागि सबै सदस्यहरुलाई उपस्थितिका लागि उपस्थिति हुन भनिएको छ ।

विगत वर्ष झैँ यस वर्षमा भए गरेका कामकार्वाही तथा संघिय सरकार र प्रदेश सरकारको प्राप्त बजेट र स्थानिय सरकारको आन्तरिक श्रोतबाट प्राप्त बजेटलाई मध्यनजर गरी वजेट पारित गर्न गाउँ सभाको आयोजना गरिएको हो ।

सबै स्थानिय तहले अषाढ १० गते भित्र नीति तथा कार्यक्रम र बजेट पारित गरिसक्नु पर्ने प्रावधान अनुसार पचालझरना गाउँ पालिकाले अषाढ ६ गतेलाई गाउँ सभा गर्ने मिति तोकेको हो ।
कालीकोट जिल्लाका स्थानिय तहहरुले चालु वर्षको सार्वजनिक सुनुवाईको कार्यक्रम नगरी वजेट पारित गर्न लागेको पाइएको छ । हरेक सरकारी तथा सार्वजनिक संस्थानले तिन तिन महिनाको कामकार्वाहीको सार्वजनिकरण गर्नु पर्ने भनेपछि कालीकोटमा भने वर्षको एकै चोटी अषाढ मसान्तमा सार्वजनिक सुनुवाई गर्ने गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित