कर्नालिका सहकारी कर्मि सुर्खेतमा

कर्नालिका सहकारी कर्मि सुर्खेतमा

सुर्खेत । सहकारी संघ संस्थाका संचालक र व्यवस्थापकहरुका लागि क्षमता विकास तालिम शुरु भएको छ । भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सुर्खेतको आयोजना तथा राष्ट्रिय सहकारी महासंघ लि. पुल्चोक काठमाडौंको प्राविधिक सहयोग तथा समन्वयमा तिन दिन सम्म सञ्चालन हुने तालिममा कर्नालि प्रदेशका ७ जिल्लाबाट ५० भन्दा बढिको सहभागिता रहेको छ ।कार्यक्रमको पहिलो दिनमा राष्ट्रिय सहकारी महासँघ लि.का संचालक हरिहर नाथ योगि, वरिष्ठ प्रबन्धक गोपिकृष्ण भण्डारीले सहजिकरण गरेका छन ।
दोस्रो दिन अषाढ ३ गते सहकारी रजिष्ट्रारको कार्यालय र सहकारी महासंघका तर्फबाट तालिम सहजिकरण गरिने बताइएको छ ।
कर्नालि प्रदेश सरकारले सहकारीको व्यवस्थापन र नियमनमा खेल्नु पर्ने भुमिका सहित पछिल्लो समयमा जारी अध्यादेश,मापदण्ड,निर्देशनका बारेमा सहजिकरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित