सुर्य शाहीको हत्यामा आमा छोरा रहेकाे रहस्य खुल्याे

सुर्य शाहीको हत्यामा आमा छोरा रहेकाे रहस्य खुल्याे

कालीकोट । केही दिन अघि मृत अवस्थामा भेटिएका सान्नित्रिवेणि गाउँ पालिका वडा नम्बर ४ निवासि(हाल वडा न.९ बस्दै) आएका सुर्य बहादुर शाहीको हत्यामा संलग्न श्रीमति र छोराको हात रहेको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार जेष्ठ २७ गते मुम्राको सुपेचौर बाटोमा मृत अवस्थामा भेटिएका सुर्य बहादुर शाहीको हत्याको घटनाको अनुसन्धान गर्दा निज की पत्नि राजकला शाही र छोरा रुपेश शाहीले सुर्यबहादुर शाहीको टाउकोमा ढुंगा प्रहार गरी मारेको खुलेको हो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका सुचना अधिकारी एवंम प्रहरी निरिक्षक गणेश ज्ञवालिद्धारा जारी सुचनामा उक्त कुरा उल्लेख गरिएको छ ।
मृतक सुर्य बहादुर शाहीकी पत्नि राजकला शाही र निजका छोरा रुपेश शाहीले मारेको स्विकार गरेकाले के कति कारणले घटना भएको हो सो को थप अनुसन्धानका लागि जिल्ला अदालत कालीकोटमा उपस्थित गराई सात दिनको थप म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।
घटनाको थप अनुसन्धान पछि के कति कारणले घटाइएको हो सो को बारे थप खुल्ने तर अहिले अनुसन्धानको क्रममा रहेको प्रहरीको भनाई रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित