कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.द्धारा दुर्घटनामा परी मृत्यु भएका सदस्यलाई ७ लाख राहत रकम हस्तान्तरण गरिएको छ ।
कालिकोट जिल्ला पचालझरना गाउँपालिका वडा नम्बर ४ लाफा निवासि जनम प्रसाद न्यौपानेको आफन्तलाई उक्त रकम हस्तान्तरण गरिएको हो । पचालझरना गाउँ पालिकाको १९औं गाउँ सभाकोमा गाउँ पालिका अध्यक्ष देबराज शाहीको हातबाट राहत वापत चेक हस्तान्तरण गरिएको हो । गएको वर्ष फागुन महिना ११ गते जिल्लाको जितेगडा नजिकै मोटरसाइकल दुर्घटनामा परि जनम न्यौपानेको निधन भएको थियो ।
हिमुचली कृषि सहकारीका सदस्य रहेका न्यौपानेले ३ लाख पचास हजार कर्जा लिएकोमा सो कर्जाको बीमा गरिएको थियो । सो रकममा ४,१५,४७३ कर्जा मिनाहा गरिएको र बाँकी रहेको रकम २,८४,५२७ रुपैया जनम न्यौपानेको पत्नि रेखा सिम्खाडा(न्यौपाने)लाई हस्तान्तरण गरिएको सेवा केन्द्र व्यवस्थापक पुष्प प्रसाद उपाध्यायले बताएका छन । राहत हस्तान्तरण कार्यक्रममा पचालझरना गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका अध्यक्ष,कार्यपालिका सम्पूर्ण सदस्य वडा सदस्य सहित कर्मचारीहरुको सहभािगता रहेको थियो ।
सहकारी संस्थाले हरेक सदस्यहरुलाई दुर्घटना विमा, सदस्य कर्जा सुरक्षणका काम गर्दै आएको छ ।