रास्कोट सरकारले एक सय २२ जनालाई गाँउमै सासु भत्ता

रास्कोट सरकारले एक सय २२ जनालाई गाँउमै सासु भत्ता

कालीकोट । रास्कोट नगर सरकारले घरदैलो सामाजिक सुरक्षा भत्ता वितरण तिव्रता दिएको छ । आज रास्कोट नगरका विभिन्न ४ वटा वडाका जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिलाई ग्रामिण घर दैलाेमा सामाजिक सुरक्षा भत्ता एक सय २२ जनालाई वितरण गरेको छ । जसमा रास्कोट नगरपालिका वडा नम्बर ६ का ४५ जना, वडा न. ७ का २५ जना,वडा न० ८ का १८ जना र वडा न. ९ का ३४ जना गरी एक सय २२ जनालाई हस्तान्तरण गरिएको फोकल पर्सन हुकुम शाहिले जानकारी दिएका छन् ।
रास्कोट नगर पालिकाले घर दैलोमा सेवा प्रवाहले सहजता ल्याएको स्थानियले बताएका छन् । रास्कोट नगर पालिकामा दुइ वटै बैंक रहेकाले दुबै वैंकका प्रतिनिधि सहितको उपस्थितिमा सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित