कालीकोट । रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बराललाई कोरोना संक्रमण भएको छ ।
छोराको उपचारमा काठमाडौंमा रहनु भएको मेयर बरालमा कोरोना देखिएको हो । यस अघि मेयर बरालका छोरा पवनमा कोरोना देखिएपछि काठमाडौंमा उपचार भइरहेको छ ।
सोही सिलसिलामा मेयर बराल एक हप्ता अघि ज्वरोका कारण विरामी परेको र अहिले कोरोना देखिएको बताइएको छ ।
Discussion about this post