रास्कोटका विद्यालयमा मुटुरोग चेकजाँज

7
SHARES
15
VIEWS

कालीकोट ।रास्कोट नगरपालिकाका दुई वटा विद्यालयमा वालवालिकाहरुको मुटु रोग परिक्षण गरिएको छ । विद्यालयमा अध्ययनरत ४ वर्ष देखी १८ वर्ष सम्मका बालबालिकाहरुलाई लक्षित गर्दै मुटुरोग परिक्षण शुरु गरिएको हो । पञ्च कालिका आधारभुत विद्यालय रास्कोट ७ तोलिमा आज आइतबार मुटु रोग सम्बन्धि परिक्षण शुरु गरिएको रास्कोट नगर पालिकाले जनाएको छ ।

त्यसै गरी सुन्दर)आधारभुत विद्यालय रास्कोट नगर पालिका वडा न.१ रामपुरमा सोमबार वालवालिकाहरुको मुटुको परिक्षण गरिने जनाइएको छ । रास्कोट नगरपालिकाको समन्वय तथा मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर काठमाडौंद्वारा वालबालिकाहरुको जन्मजात मुटुरोग सम्बन्धि विशेषज्ञ डाक्टरहरुबाट मुटुरोग परिक्षण गरिएको हो ।

रास्कोट नगर पालिकामा यस अघि घरदैलो रुपमा मेयर हेल्थ कार्यक्रम मार्फत त्रैमासिक रुपमा नागरिकको स्वस्थ्य परिक्षण गरिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित