माओवादी नेताहरु शान्ति प्रकृयामा आय पैसा नभएका नेताहरु करोडपति र अर्वपति भए ठुला ठुला महल बनाय, करोडौको पजेरो चढे, आफ्ना सन्तानहरुलाई शहिदहरुका छोरा छोरि पढन पाउने शैक्षिक कोटामा पढाउन थाले ।
बिदेश र स्वदेश पानी पधेरो बन्यो माओवादी दलाल नेतृत्वलाई । कलिलो उमेर माओवादीले बनाएको आधारक्षेत्रमा हुर्कियो । त्यो पनि आधारक्षेत्रको सिमानाका जिम्जेडि भन्ने बिकट गाँउमा । बिधालयको जिवनमा कहिले माओवादीको सांस्कृतिक टिममा रहेर काम गरियो । कहिले जनमिलिसियाको सदस्य भएर । संकट, पीडा, उत्पीडन, अभाव यति थिएकी सायद त्यो भन्दा बाहिर जिवन थिएन ।
दिउसो सरकारि जल्लाद सेना, दंगा प्रहरि र प्रहरिको ज्यादति अनावश्यक रुपमा गरिने कुटपीट, चेलिबेटि बलात्कार, दोहोरो भिडन्त साँझ बिहानको माओवादी कार्यक्रम, उनिहरुको खानपीन ब्यवस्थापनमा भाग लगिन्थ्यो ।
माओवादी पार्टी आस्था राखेकै कारण गाँउकै जालि फटाह …………. नाम गरेको सिआईडिले गर्दा सरकारी जल्लाद, सेना, दंगाप्रहरि र पुलिसले प्रीय, आत्मीय बुवालाई घरवाट एकाबिहानै गिरफतार गर्यो र गोरु चुटेझै चुटन थाल्यो । त्यसको नेतृत्व कालिकोटकै एक पुलिस हवल्दार प्रकास शाहि भन्ने ब्यक्तिले गरेको थियो संजोक भनौ या फटाहहरुको जात मिलेर भनौ सिआईडि पनि शाहि गिरफ्तार गरेर मार्ने उद्देश्यका साथ यातना दिने पनि शाहि ।
यातनाकै क्रममा सरकारि जल्लादले हानेको बुट बुवाको मुखमा लाग्यो र बुवा बाटो मुनि उत्तानो परि लडनु भो सायद बुवा बेहोस हुनु भो त्यो देखेर म पनि रुदै बेहोस भएछु । म होसमा आउदा जल्लादहरुले बुवालाई निक्कै टाढा लगि सकेका थिए । होसमा आउने बित्तिकै बन्दुकको आवाज आयो हामीलाई लागेको थियो बुवालाई मारे उक्त आवाज हुनत बुवालाई मार्नकै लागि जंगलको बिचमा राखेर टाढैवाट बन्दुक दागेर आएको आवाज थियो सायद वुवा भाग्न खोजेको भए मार्ने योजना अनुरुप त्यो गरिएको थियो ।
माओवादी पार्टी आस्था राखेकै कारण गाँउकै जालि फटाह …………. नाम गरेको सिआईडिले गर्दा सरकारी जल्लाद, सेना, दंगाप्रहरि र पुलिसले प्रीय, आत्मीय बुवालाई घरवाट एकाबिहानै गिरफतार गर्यो र गोरु चुटेझै चुटन थाल्यो । त्यसको नेतृत्व कालिकोटकै एक पुलिस हवल्दार प्रकास शाहि भन्ने ब्यक्तिले गरेको थियो संजोक भनौ या फटाहहरुको जात मिलेर भनौ सिआईडि पनि शाहि गिरफ्तार गरेर मार्ने उद्देश्यका साथ यातना दिने पनि शाहि ।यातनाकै क्रममा सरकारि जल्लादले हानेको बुट बुवाको मुखमा लाग्यो र बुवा बाटो मुनि उत्तानो परि लडनु भो सायद बुवा बेहोस हुनु भो त्यो देखेर म पनि रुदै बेहोस भएछु । म होसमा आउदा जल्लादहरुले बुवालाई निक्कै टाढा लगि सकेका थिए ।
पछि बुवालाई गाऊका जनताहरुले सरकारि जल्लाहदहरुवाट खोसि मार्न बाट बचाए तर बुवा सँगै गिरफ्तार गरिएका गाँऊकै हुण्डे बिकलाई नजिकैको कर्णालि बगरमा गोलि हानी मारियो । ति हुण्डे बिक नत माओवादी थिए नत माओवादी प्रति आस्था नै उनि लाटो सोझो अझ भनौ अपांग एउटा हात नचल्ने अरुको घरमा बसेर बस्तुभाउ चरायर जिवन गुजारा चलाउने एक मान्छे । ति हुण्डे बिक माओवादी आन्दोलनकै क्रममा मारिएका हुन सायद उनि माओवादी आन्दोलन अन्तरगत हाम्रो गाँऊको शहिद कहिलै भएनन् । उनको नममा गाँऊका फटाहाहरु ………………… तिरुवा र ………….शाहि नाम गरेका दलालहरुले राज्य पक्ष्यवाट पाउने रकम झिकेर खाए तर त्यो हुण्डे बिक नत सहिद बनेर चिनिय तन क्षेतिपुर्ति वाफत उनको नाममा गएको रकम उनका आफन्तिले पाय । उनको बाँचुनजेलको जिवन गाँऊकै जालि फटाहाहरुको सेवामा बित्यो मेरेपछि पनि उनको लासको मुल्य तिनै फटाहाहरुले असुलेर पचाय ।
त्यहि क्रममा गिफ्तार बुवा ६ महिनाको आर्मीको हिरासत र ताडिकमा छाडियो । मार्ने योजना गरि गिरफतार बुवा जनताको मायाले र शक्तिले बाँच्नु भो । सरकारि जल्लादहरुको गोलिको चारा हुन बाट छुटनु भो ।
जव बुवा घर जानुभो नकुटिएको, घाउ नभएको र निलो डाम नभएको, रगत नबगेको कुनै शरिरको भाग थिएन होला । आशा मारेका हामी घरपरिवार बुवा पुग्दा हाम्रो खुसि मात्रै फर्केन हामीसवै परिवारले नयाँ जिवन पायौँ । त्यो मेरो जिवनको सर्वाधिक खुसि भएको र खुसिले रोएको क्षेण थियो । पछि माओवादी पार्टी भित्रैका फटाहाहरुले बुवालाई फेरि अपहरण गरे र केहि महिना सम्पर्क बिहिन बनाए उक्त पार्टी भित्रका इमान्दार एरिया इन्चार्ज ……… शाहिको भुमिकाले बुवा जिवीत घर फर्किनु भो । त्यति हुदाँ पनि मेरो बुवाको आस्था, भौतिक सहयोग माओवादी आन्दोलन प्रति जारि रहयो । ६२ । ६३ को दिल्ली मा भएको १२ बुदे सम्झौताले माओवादी नेताहरु शान्तिपुर्ण राजनितिमा फर्किय ।
जव बुवा घर जानुभो नकुटिएको, घाउ नभएको र निलो डाम नभएको, रगत नबगेको कुनै शरिरको भाग थिएन होला । आशा मारेका हामी घरपरिवार बुवा पुग्दा हाम्रो खुसि मात्रै फर्केन हामीसवै परिवारले नयाँ जिवन पायौँ । त्यो मेरो जिवनको सर्वाधिक खुसि भएको र खुसिले रोएको क्षेण थियो । पछि माओवादी पार्टी भित्रैका फटाहाहरुले बुवालाई फेरि अपहरण गरे र केहि महिना सम्पर्क बिहिन बनाए उक्त पार्टी भित्रका इमान्दार एरिया इन्चार्ज ……… शाहिको भुमिकाले बुवा जिवीत घर फर्किनु भो । त्यति हुदाँ पनि मेरो बुवाको आस्था, भौतिक सहयोग माओवादी आन्दोलन प्रति जारि रहयो । ६२ । ६३ को दिल्ली मा भएको १२ बुदे सम्झौताले माओवादी नेताहरु शान्तिपुर्ण राजनितिमा फर्किय ।
केहि दर्जन अमुख नेताहरुको ब्यवस्थापनमा सिंगो माओवादी आन्दोलन र त्यसको उपलब्धि अनि सपना साँटियो । आन्दोलनमा जनतालाई पुराका पुरा धोका धडि गरीयो । त्यहि शान्तिकालको पहिलो चरण अन्तरगत पठाई अनी कामको सिलसिलामा कोहलपुर, सुर्खेत हुर्दै अगाडि अगाडि माओवादी नेता कमाण्डर पछाडि पछाडि म काठमाण्डौ पुगे । म काठमाण्डौँ पुग्दा माओवादी नेता र कमाण्डरहरु सत्ताको उन्मादमा मातिदै थिए । उनिहरुको उन्माद यस्तो थियोकि सायद नयाँ राणा, राजा, कांग्रेस, एमाले भनेकै यीनै हुनु अव यीनिहरुलाई कसैले पनि हराउन सक्दैन ।
यीनिहरुको कुदिन अव कहिलै आँउदैन । त्यो उनमाद धेरै दिन टिकेन दलालहरुको भाउमा बिक्न तयार नहुने इमान्दार नेता, कार्यकर्ता अधुरा सपना बटुल्दै जनताको बिचमा फर्किय । सायद अहिले पनि उनिहरु जनतामै छन जनता भएरै जिवन बिताएका होलान । तर मुल नेतृत्व पुँजीवादको चाकडिमा आन्दोलनको सवै उपलब्धि यहि हो भन्दै प्रतिकृयावादी सत्ताको फोहोरि खेलमा रमाउन थाले । उनिहरुको जिवन नयाँ राणा, राजा, कांग्रेसि र एमाले भन्दा कुनै हिसावमा कमछैन । तर जनयुद्धमा तिनै नेताहरुको पछि लागि मर्ने शहिद, घाईते, अपाँग, ब्यपत्ताजन र उनका परिवार अनि जनताको अवस्था झन दयनिय हुदै गयको छ ।
आन्दोलनमा जनतालाई पुराका पुरा धोका धडि गरीयो । त्यहि शान्तिकालको पहिलो चरण अन्तरगत पठाई अनी कामको सिलसिलामा कोहलपुर, सुर्खेत हुर्दै अगाडि अगाडि माओवादी नेता कमाण्डर पछाडि पछाडि म काठमाण्डौ पुगे । म काठमाण्डौँ पुग्दा माओवादी नेता र कमाण्डरहरु सत्ताको उन्मादमा मातिदै थिए । उनिहरुको उन्माद यस्तो थियोकि सायद नयाँ राणा, राजा, कांग्रेस, एमाले भनेकै यीनै हुनु अव यीनिहरुलाई कसैले पनि हराउन सक्दैन ।
माओवादी दलाल नेताहरु प्रधानमन्त्रि, मन्त्रि, सांसद, राजदुत बनेर राज्यको ढुकुटि लुटनेमा प्रतिकृयावादीहरु सँग गला जोडदै गर्दा म जस्ता हजारौ लाखौँ सपना र बिपनाका पीडित सडक पेटिमा जिवनको भिक माग्दै भौतारिदै जिवन बेतित गरि राखेका छौँ । आन्दोलनमा जनताको रगत र पसिनाको हिसाब नगरौँ पानि सरि बग्यो होला ।
त्यहि जनताको रगत र पसिनालाई अमुख नेताहरुले ब्यक्तिगत जिवन ब्यवस्थापनमा कैद गरि दिए । यो गर्नेमा माओवादी दलाल न्ताहरुले हिजोको कांग्रेस, एमाले लगाएतका दलालहरुलाई समेत सान्दारका साथ जित्यो अझ भनौ गोल्डमेडल प्राप्त गर्यो । जनताले हेर्दा हेर्दै दलाल माओवादी नेता कमाण्डर र राणा, राजा, कांग्रेसि, एमाले छुटाउनै नसक्ने गरि बिलाय, पतन भए । त्यो कुरा म जस्ता बाल क्रान्तिकारिहरुलाई पचेन । त्यसलाई स्युकार्यन सकिएन अथवा भनौ आत्मसमर्पणलाई मानियन । क्रान्तिमा भएको बलिदान देखेको सपना पुरा नभएको टुंगोमा पुगियो ।
त्यहि दिन देखि ब्यक्तिगत जिवन भन्दा सामाजिक जिवन, बर्गिय हित, जनताको जित र देशको सेवामा बाँकि जिवनलाई समर्पीत गर्ने संकल्प गरियो । त्यो संकल्प भन्दा र सोच्दा जति सजिलो थियो ब्यवहारत निक्कै कठिन र चुनौतिले भरिएको थियो हुनत हामी जस्ता उत्पीडित, शोसित, पीडितहरुका लािग सजिलो भन्ने कहिलै अनु भुति गरिएको थिएन । हुदैन ।
यो गर्नेमा माओवादी दलाल सामान्तहरुले हिजोको कांग्रेस, एमाले लगाएतका दलालहरुलाई समेत सान्दारका साथ जित्यो अझ भनौ गोल्डमेडल प्राप्त गर्यो । जनताले हेर्दा हेर्दै दलाल माओवादी नेता कमाण्डर र राणा, राजा, कांग्रेसि, एमाले छुटाउनै नसक्ने गरि बिलाय, पतन भए । त्यो कुरा म जस्ता बाल क्रान्तिकारिहरुलाई पचेन । त्यसलाई स्युकार्यन सकिएन अथवा भनौ आत्मसमर्पणलाई मानियन । क्रान्तिमा भएको बलिदान देखेको सपना पुरा नभएको टुंगोमा पुगियो ।
त्यो निर्णयले ब्यक्तिगत जिवनमा निक्कै उथल पुथल ल्याईदियो । नसोचेको परिस्थितिमा जिवनलाई धकेलि दियो । अभाव र सँकट नभएको दिन सायदै आएन । आफु सँगैका साथिभाईहरुले सम्पति जोडे, घर बनाए अनि वसाले, बैक ब्यालेस पनि थुपारे, लाखौका बाईक, गाडि अनि मोवाईल जोडे तर आफ्नो भने भएका चिज पनि गुमाउदै जानु पर्ने,गुमाउन तयार हुनु पर्ने, त्यो पनि दुखका साथ हैन खुसिका साथ स्युकार्नु पर्ने अवस्था आयो ।
ब्यक्तिगत जिवनका लागि मात्रै बाँच्ने सोच भएको भए अझ भनौ बिधमान ब्यवस्था, पार्टी र त्यसको नेतृत्वलाई मानेको भए त्यसको गुलामि गर्न तयार भएको भए सायद यो दिन आउने थिएन त्यो मेरा लागि मेरो देश र वर्गीय मुक्तिका लागि धोका अनि गद्दारिको बाटो थियो । असत्यको बाटो थियो । त्यो हार र अपमानित हुनु पर्ने बाटो थियो । सत्यका बिरुद्ध , देश र जनताका बिरुद्ध लाग्ने बाटो थियो ।
त्यसैले त्यो बाटो नहिडने संकल्प गरियो । त्यो सपना र संकल्प मेरो मात्रै बिषय थिएन । सानो छदाँ घरभन्दा टाढाको पढन जाँदा दाउराको भारि माथि मलाई राखेर बोक्ने मेरो बुवा र ममिको पनि सपमा थियो । संकल्प थियो । त्यो मेरो सिंगो बर्ग र देशको सपना थियो र छ ।
सानो छदाँ घरभन्दा टाढाको पढन जाँदा दाउराको भारि माथि मलाई राखेर बोक्ने मेरो बुवा र ममिको पनि सपमा थियो । संकल्प थियो । त्यो मेरो सिंगो बर्ग र देशको सपना थियो र छ ।
अव बाँकि जिवनमा आई पर्ने कुनैपनि आन्दोलन र ब्यक्तिगत संकट अनि चुनौतिवाट भागिने छैन तन लोभको पासोमा परेर दलाल बनिने छ बरु मृत्यु स्युकार्य हुनेछ
अव बाँकि जिवनमा आई पर्ने कुनैपनि आन्दोलन र ब्यक्तिगत संकट अनि चुनौतिवाट भागिने छैन तन लोभको पासोमा परेर दलाल बनिने छ बरु मृत्यु स्युकार्य हुनेछ कुनैपनी आत्मसमर्पण गरिने छैन । क्रान्तिका सपनाका हत्याराहरु सँग हिसाव गरिने छ ।
### लेखक सत्यमुक्ति सामाजिक अभियान्ता हुन ।
Discussion about this post