कालीकोट । यस वर्षको स्थानिय तहको निर्वाचन फरक ढंगको हुने भएको छ । पार्टी निति सिद्धान्त र निर्देशनको उलंघन गर्दै सबै उम्मेद्धारी दिने होडबाजि चलेको छ । कसैले पार्टीको निर्देशन मानेका छन भने कसैले विपरित तरिकाले उम्मेद्धारी दिएका छन ।
गठबन्धन भन्दा पनि एकै पार्टी भित्र समेत बागि उम्मेद्धारी दिएका छन । जसमा रास्कोट नगरपालिकामा नेकपा(माओवादी केन्द्र)का कर्नालि प्रदेश कमिटि सदस्य कालि बहादुर महतारा र गाउँ कमिटि उपाध्यक्ष हजा सुनारलाई उपप्रमुखमा उम्मेद्धारी दिएको बताइएको छ ।
रास्कोट नगरपालिकामा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका तर्फबाट मेयरमा धर्मराज शाही,उपप्रमखमा एकिकृत समाजवादीका मनिराज बरालले उम्मेद्धारी दिएका छन भने नेकपा(एमाले्)का दयाराम सिमखाडा,उपप्रमुखमा उमा शाही र नेपालि कांग्रेसबाट नवराज बराल सहित विप्लव नेकपाका तर्फबाट पूर्व सांसद धिरिन्द्रा उपाध्ययले उम्मेद्धारी दर्ता गरेको बताइएको छ ।
जिल्लाका अन्य पालिकामा समेत स्वतन्त्र उम्मेद्धारी दिने क्रम जारी रहेको बताइएको छ ।
Discussion about this post