सुचना माग्दा पत्रकार माथि दुर्वव्यवहार,प्रेस चौतारी कर्नालि प्रदेशको विरोध

7
SHARES
15
VIEWS

कालीकोट । सुचना माग्न जांदा दैलेखमा पत्रकार माथि दुर्वव्यवहार भएको छ । दैलेख जिल्लाका क्रियासिल पत्रकार उदयराज अधिकारीलाई पूर्वाधार विकास कार्यालय दैलेखका प्रमुख प्रभाकर सिंहले  दुर्वव्यवहार गरेका छन ।

दुई महिना अघि सुचनाको हक सम्बन्धि निवेदन दिएको र उक्त सुचना लैजान सुचना अधिकारीले बोलाएको अवस्थामा कार्यालय पुगेको अधिकारीलाई कार्यकक्षमै बोलाएर ज्यान मार्ने धम्किका साथ दुर्वव्यवहार गरेकोे घटना प्रति प्रेस चौतारी कर्नालि प्रदेशले विरोध गरेको छ ।संगठनका कर्नालि प्रदेशका महासचिव प्रेमराज सिमखाडा द्धारा हस्ताक्षरित विज्ञप्तिमा सो घटनाको निन्दा गरिएको छ ।

विज्ञप्तिमा सुचना पाउनु जनताको अधिकारलाई हस्तक्षेप गर्दै उल्टै पत्रकारलाई धम्कि दिनुले सुचनाको अधिकार माथि बर्खिलाप गरेको प्रति विरोध गर्दै कार्यालय प्रमुख सिंहको गलत हर्कत सच्याउन चेतावनि दिएको छ । पत्रकार अधिकारी थाहा खवरका दैलेख जिल्ला सम्वाददाता तथा धमाका दैनिकका सहसम्पादक र प्रेस चौतारी दैलेखका सचिव समेत रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित