काठमाडौ ।नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर कमिटि विस्तार गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी निर्णय गर्दै नेपाल–खनाल निकट नेताहरुको जिम्मेवारी खोसेपछि आज बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना बनाएको हो।
विस्तारित कमिटिअनुसार प्रदेश १ को संयोजनको जिम्मा भीम आचार्यलाई, प्रदेश २ को घनश्याम भुसाललाई, बागमति प्रदेशको जिम्मा अष्टलक्ष्मी शाक्यलाई, गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई, लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवालीलाई र सुदूरपश्चिमको जिम्मा भीम रावललाई दिइएको छ।
Discussion about this post