कालीकोट । कोरोना महामारीलाई न्युनिकरण गर्न विप्लव निकट नेकपाले कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको गाउँ मा साबुन वितरण गरेको छ । कोटिला गाउँका ६० घरधुरीलाई एक एक वटा साबुन वितरण गरेको हो ।
विप्लव निकट नेकपाका जिल्ला इन्चार्ज कर्ण बहादुर भण्डारी (विराट), जिल्ला पार्टी सेक्रेटरी मनलाल ऐडी(रणदिप)को उपस्थितिमा पचालझरना गाउँ पालिकाको वडा न. ९को कोटिलामा साबुन वितरण गरिएको हो ।
कोरोना नियन्त्रणमा सघाउ पुग्ने उद्देश्यका साथ साबुन वितरण गरिएको बताइएको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि रहेका विप्लव निकट नेकपाका केन्द्रिय सदस्य तथा कालीकोट जिल्ला इन्चार्ज विराटले जनयुद्धका समयमा उच्च नेतृत्वले वलिदानि गरेको नरहरिनाथ गाउँ पालिकाको माल्को ट र पचालझरना गाउँ पालिकाको कोटिलामा साबुन वितरण कार्यक्रम शुरु गरिएको बताउनु भएको छ । वहाँले स्थानीय तहलाई जबरजस्त काेभिड १९ काे प्रतिकात्मक रूपमा धकेल्न याे अभियानकाे सुरूवात गरेकाे बताउनु भएकाे छ।
यस अभियानलाई जिल्ला भर संचालन गर्ने नेकपा कालीकोटले जनाएको छ । जिल्ला पार्टी सेक्रेटरी रणदिपले समुदाय स्तर सम्म पुगेर समुदायलाई साबुन वितरण गर्ने योजना रहेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको कोटिलामा ६० घरधुरीलाई एक एक वटा साबुन दिइएको बताइएको छ । पचालझरना गाउँ पालिकाको कोटिला कर्नालि प्रदेशका मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको गाउँ हो ।
राजनैतिक प्रभाव छर्नका लागि विप्लव निकट नेकपाले मुख्यमन्त्रि शाहीको गाउँ मा साबुन वितरण गरेको बताइएको छ ।
Discussion about this post