कालीकोट । पचालझरना गाउँ पालिकाकाले दुई वर्ष अघि शुरु गरेको लोकप्रिय कार्यक्रम यति वेलाको संघिय सरकार र कर्नालि प्रदेश सरकारले शुरु गरेका छन । पचालझरना गाउँ पालिकाले चौथो गाउँ सभा मार्फत शुरु गरेको जनताको लोकप्रिय कार्यक्रम गोठालोलाई मासिक भत्ता र खरमुक्त घर निर्माणको कार्यक्रमले सर्वत्र चर्चाको विषय बन्न थालेको छ ।
आगामि वर्षका लागि संघिय सरकारले अघि सारेको कार्यक्रम अन्तरगत देशभर खरमुक्त घर निर्माणका लागि योजना अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७८।०७९का लागि प्रस्तावित बजेटमा देशभरका १ लाख ६८ हजार घरका खरका छाना विस्थापित गर्ने लक्ष्य लिएको छ
खरले छाएका घरका प्रतिपरिवारलाई ७५ हजार रुपैया अनुदान दिने घोषणा गरिएको छ । त्यसका लागि अर्थमन्त्रि विष्णु पौडेलले ३ अर्व ७५ करोड बजेट विनियोजन गरेको बताएका छन ।
त्यसै गरी कर्नालि प्रदेश सरकारले प्रदेशका कृषकहरुलाई गोठालो भत्ता र कृषकहरुलाई पेन्सन दिने भएको छ । कर्नालि प्रदेश सरकारका भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रि कुर्मराज शाहीले आगामि वर्ष कर्नालिका कृषकहरुलाई पेन्सन र गोठालो भत्ता दिने प्रस्ताव गर्नु भएको छ ।
‘गोठालो भत्ता’ कार्यक्रमअन्तर्गत किसानले मासिक एक हजार प्राप्त गर्नेछन् । भत्ता पाउने गोठालोले भने पाँच भैँसी, ५० बाख्रा, पाँच चौँरी गाई, ५० भेडाको व्यावसायिक पालन गरेको हुनुपर्ने मापदण्ड राखिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीले बताउनु भएको छ ।
उक्त कार्यक्रमबाट कर्नालिका कृषकहरुमा उत्साह पैदा भएको छ । यस अघि पचालझरना गाउँ पालिकाले कृषकहरुमा शुरु गरेको गोठालो भत्ता कार्यक्रमले वास्तविक कृषकहरुले कामको फल पाउन थालेको बताइएको छ ।
पचालझरना पशु शाखाका अनुसार गएको वर्ष भन्दा यस वर्ष भेडा बाख्रा पालन गर्नेको संख्या बढेको बताइएको छ ।पशु शाखा प्रमुख बिरेन्द्र बमका अनुसार गाउँ पालिकाले ५० देखि १०० सम्मका भेडा बाख्रा पालन गर्ने कृषकलाइ मासिक १ हजार,१ सय देखि १ सय ५० वटा भेडा तथा बाख्रा पालन गर्ने कृषकहरुले मासिक २ हजार सो भन्दा माथी पालन गर्ने कृषकलाइ मासिक ३ हजार गोठालो भत्ता कृषकको बैंक खातामा जम्मा गर्ने गरेको बताएका छन ।
प्रमुख बमका अनुसार चरनक्षेत्रको अभाब र व्यावसायिक पशुपालनको कमि भएकाले भैंसी पालन गर्ने क्रम घटेको छ । यस वर्ष मात्र ९६ जना कृषकहरुले भेडा तथा बाख्रा पालनका लागि निबेदन दिएको बताइएको छ ।
प्रमुख बमले दिएको जानकारी अनुसार ५० देखि १०० सम्मका ८२ जना,१ सय देखि २ सय सम्मका १३ जना र २ सय भन्दा माथी १ जना गरी ९६ जनाको निवेदन आएकोमा स्थलगत अनुगमन मार्फत गोठालो भत्ता दिइने भएको छ । यस वर्ष ७ लाख १० हजार बजेट बिनियोजन गरिएको र अपुग भएमा थप गरिने छ । पचालझरनामा हाल सम्म सबै भन्दा बढि भेडा पालन गर्ने वडा न. १ सिकुका भद्र खड्का रहेका छन । उनले २ सय ५ वटा भेडा पालन गर्दै आएका छन ।
पचालझरना गाउँ पालिकामा २ हजार तीन सय ९६ घरधुरी मध्ये १ हजार ३ सय ६६ जनाले भैंसी पालन गर्दै आएका छ्न ।
त्यसै गरी पचालझरना गाउँ पालिकामा वडा न.४को लाफा वस्तिबाट थालनि गरिएको खरमुक्ता छाना निर्माणको कार्यक्रले पचालझरना गाउँ पालिकाको वडा न. १को सिकु,वडा न. ६ लगाएतका वडाहरुमा संचालन गरिएको छ ।
उक्त कार्यक्रम अन्तरगत प्रत्येक घरधुरीलाई ४० हजार रकम प्रदान गरेर जस्ता खरिद गर्नका लागि रकम भुक्तानि दिन शुरु गरिएको छ अहिले सम्म १ सय बढिघरहरु खरमुक्त भइसकेका छन ।
गोठालो भत्ता र खरमुक्त छाना कार्यक्रम आफुहरुले शुरु गरेको भएपनि संघिय सरकारले खरमुक्त छाना र कर्नालि प्रदेश सरकारको गोठालो भत्ता समावेश गरेको प्रति खुशि हुंदै आफुहरुले गरेको सानो प्रयास देशभर लागु भएकोमा पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले खुशि हुंदै आगामि दिनमा थप प्रभावकारी ढंगले अघि बढाउन अनुरोध गर्नु भएको छ ।
गत वर्ष सरकारले ७ प्रदेशमा १,४३,२१८ घरधुरीले जस्ता पाता उपलब्ध गराउने निति लिएको थियो
१ नं प्रदेश ४१,४५० घरधुरी
२ नं प्रदेश २९,५९० घरधुरी
बागमती प्रदेश ९,०५५ घरधुरी
गन्डकी प्रदेश १२,६५९ घरधुरी
लुम्बिनी प्रदेश २५,८८५ घरधुरी
कर्णाली प्रदेश ११,१६४ घरधुरी
सुदुरपश्चिम प्रदेश १३,४१५ घरधुरी
Discussion about this post