कालीकोट । पिठ्युमा सानो आफै बनाएको झोला अनि हातमा डोरी समातेर भारीको प्रतिक्षामा बसेका एक कामदारको प्रमुख आम्दानिको श्रोत भनेकै भारी बोकेर आएको रकम नै हो ।विहानको झिसमिसे उज्यालो संगै नानाबालाको साथ छोडेर खांडाचक्र नगरपालिका २ मेग्रका ४८ वर्षिया गोर्ख विक भारी बोक्न जितेगर्डा डयुर्टी गर्नु दैनिक दिनचर्या नै बनेको छ ।
उनले २०६५ सालमा रास्कोट क्षेत्रमा कर्नालि करिडोरको सडकको काम भए संगै आवत जावतमा कर्नालि राजमार्ग देखि लालिघाट बजार सम्म पुल मार्फत सामान बोक्न अहिले तमाम कामदारहरुले आम्दानि गर्ने गरेका छन । दिनहुं २ सय बढि कामदारहरुले काम गर्दै आएका छन । सुर्खेत नेपालगंज देखि आएका स्थानियहरुले ल्याएको सामान पुल पारी झार्ने गरेको उनले बताए ।
गोर्खका अनुसार आफुले बढिमा दैनिक २ देखि ३ हजार सम्म कमाई गर्ने गरेको बताए । आफुले त्यति मात्र कमाइ गरेको तर अन्य युवाहरुले भने त्यो भन्दा बढि कमाई गर्नै उनको भनाई रहेको छ ।
आफु जस्ता कमजोर मान्छेले न्युनतम ५ सय देखि एक हजार सम्म दैनिक कमाई गरेर छोराछोरीको टालो फांको गर्ने गरेको उनको भनाई छ । गोर्ख विकका ३ छोराछोरीलाई खाना,टालो र अन्य भैपरी आएका समस्या टार्न जिते बजार रहेको बताए । उनले भने अब खुलालु पुल लागि सकेको छ । दशैंमा उक्त पुल सुचारु हुन्छ भन्ने छ ।जे जसो भएपनि दशैं खर्च आउला की भन्ने आशामा काम गर्दै आएको बताए ।
दिनहुं सुर्खेतबाट आएका माल बाहक गाडी, स्थानियको स साना झोला देखि अन्य सामानको दामासाहीका दरले लिने गरेको तर कामदार धेरै भएकाले लुछाचुडी गर्नु पर्ने अवस्था आएको गोर्खको भनाई रहेको छ ।
के कति आर्जन गरेको हो भन्ने बारेमा कुनै पनि विवरण नराखेका गोृर्खले आफुले ऋण गरेर घरखर्च चलाउने अवस्था नआएको बताए । आफुहरुका लागि जिते बजार जागिर जस्तै भएकोमा खुशि भएको र कर्नालि करिडोरको लालु खुलालु पुल सुचारु भएपछि आफुहरुको जागिर खोसिने बताए ।
यसका लागि दैनिक ज्यालादारी गर्ने हामीहरुका लागि स्थानिय सरकारले उचित व्यवस्थापन गर्न माग गरेका छन ।
त्यस्तै अर्का एक स्थानिय युवाले आफुले काम गर्न थालेको २०६५ साल देखि अहिले सम्म २२ लाख बढि आम्दानि गर्न सफल भएको बताए ।
सोही गाउँका प्रदिप विकले कोहलपुरमा घडेरी खरिद गर्नुका साथै सदरमुकामको तल्लो रोडमा सानो घडेरी र गाउँमा ५ थैला धान उत्पादन हुने खेत राजिनामा गरेको बताए । आफुहरु जस्तै कयौं युवाहरुले म जस्तै कमाई गर्ने गरेका छन ।
स्थानिय आफुहरु विहान जितेगडा आउने र सांझ फर्किेने गरेकाले त्यति कमाई नहुने गरेको बताए । पछिल्लो समय सान्नित्रिवेणि,पचालझरना र दैलेखबाट आएका कामदारले कमाई गर्ने गरेको प्रदिपको भनाई रहेको छ ।
उनिहरुरुले दशैं सम्म कमाउन पाइीदएको भए दशैं खर्चको व्यवस्था हुने आशामा रहेको बताए । आफुहरुले घर खर्च देखि अन्य काम गर्न यहि जिते बजार प्रमुख आय श्रोत हुने गरेको बताएका छन ।
Discussion about this post