कालीकोट । पचालझरना गाउँ पालिका केन्द्र नजिक रहेको लाफा गाउँ उत्पादनका हिसाबले सबै कृषि बस्तु अर्गानिक रहेको छ । हिउदे बाली गहुका साथै वर्षे बाली धान तेब्बर उत्पादन हुने गरेको स्थानियले बताएका छ्न । लाफाका स्थानीय कृषक दिपा न्यौपानेले बताइन । उनले भनिन अहिले सम्म बाहिरको मल,भडमारा लगाएतको बिषादिको प्रयोग नहुने गरेको बताइन । पचालझरनाकै बढी उत्पादन हुने “लाफा” गाउमा धेरै उत्पादन हुने गरेको बताइएको छ । लाफा निबासी मुनिचन्द्र उपाध्यायले एक पाथी धानबाली ५ दुन जति उत्पादन हुने गरेको बताउनु भएको छ ।उहाँका अनुसार २ केजि धानको बिउमा १ कुयण्टल २० केजि बराबरको उत्पादन हुने गरेको बताउनु भयो । लाफामा स्थानिय जातको जुवारो( रातो धान)पालंगी र हिमाली जातको धान उत्पादन हुने गरेको बताइएको छ ।
Discussion about this post