सुख्खा भुमिमा फलफुल खेति मनग्य आम्दानि लिदै कृषक महतारा

7
SHARES
15
VIEWS

कालीकोट । हेर्दा सुख्खा मरुभुमिका रुपमा रहेको नरहरिनाथ २को कुमालगाउँको डांडाखर्कमा एक कृषकले फलफुल व्यवसायबाट मनग्गे आमदानि लिन सफल भएका छन । २०७१ सालमा गाउँ भन्दा टाढा रहेको रहगाड खोलाको किनारमा कृषक नन्द बहादुर महताराले शुरु गरेको फलफुल खेति फस्टाउन थालेको छ ।

भिरपाखाको विचमा रहेको उक्त बारीमा शुरुमा सुन्तलाका विरुवा ल्याएर शुरु गरेको भएपनि अहिले उक्त फलफुल खेतिमा केरा,अनार,सुन्तला लगाएतका फलफुलहरुको खेति शुरु गरिएको छ । शुरुमा गाउँबाट डांडा खर्कमा जांदा गाउँलेहरुले अर्कै नजरले हेरेको भएपनि उनका परिवार विसारी महतारा र नन्दको पहलमा खेति शुरु गरेर अहिले मनग्गे आम्दानि लिन शुरु भएको नन्द महताराले बताउनु भयो ।

आफु संग रकम नहुंदा हिमचुली कृषि सहकारी संस्थाबाट कर्जा लिएर फलफुल खेति गरेको स्मरण गर्दै महताराले उहिलेको परिश्रमको फल अहिले पाउन थालेको बताउनु भएको छ । उनले कर्नालि संचार संग कुरा गर्दै आफुले अहिले ऋण भुक्तानि गरेर फाइदा लिन शुरु गरेको बताउदै अझै डांडा खर्कका अन्य कृषकहरुलाई खेत बांझो राखेर फुर्सदमा बस्नु भन्दा तरकारी तथा फलफुल खेति गरेर आम्दानि लिन आग्रह गर्दै आएको छ । मेरो प्रगति देखेर अरुहरुमा पनि कृषिमा आकर्षण बढ्न थालेको महाताराको भनाई रहेको छ ।

शुरुमा ४० वटा विरुवा रोपेर व्यवसाय सुरु गरेको भएपनि पटक पटकको फलफुल खेतिमा चासो दिदै आएकाले अहिले २ सय बढि बोटहरुमा सुन्तला फलेको कृषक विसारी महताराले बताउनु भयएको छ । वहाँका अनुसार आफु संग रकम नभएका समयमा सहकारी संस्थाले कर्जा दिएर समेत आफुहरुलाइ ठुलो सहयोग पुगेको बताउनु भयो ।

यस अघि हिमचुलि कृषि सहकारी संस्थाबाट कर्जा लिएर फलफुल खेतिका साथै पारिवारिक सम्पति जोड्न समेत आफुहरुलाई राहता पुगेको महताराको भनाई रहेको छ । बजार अभावमा सुन्तला विक्रि हुन समस्या भएको बताउदै महताराले बारीमै आएर सुन्तला लिनेको संख्या बढ्न थालेको बताइएको छ ।

कृषक नन्द महाताराले अहिले सम्म कुनै पनि निकायबाट अनुदान तथा सहयोग नपाएको बताउदै भावि दिनमा फलफुल खेति गरेको छु कसैले सहयोग गर्छन की त्यसका बारेमा आफु आशावादि भएको तर भर नपरेको महताराको भनाई रहेको छ ।

हिमचुलि कृषि सहकारी संस्थाका सफल व्यवसायि नन्द बहादुर महतारालाई संस्थाले उत्कृष्ट व्यवसाय गरेकोमा सम्मान समेत गरेको संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित