काठमाडौं, । शुभेक्षा बहुउद्देश्यी सहकारी संस्थालाई मानव ओसारपसारको आरोप लागेको छ ।
ललितपुरको जावलाखेलमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलस्थित अध्यागम कार्यालयले सहकारीमार्फत दुवई घुम्न हिँडेका ७६ जना यात्रुलाई रोक लगाउँदै यस्तो आरोप लगाएको हो । सहकारीमार्फत घुम्न हिँडेको बताउने उनीहरूलाई आइतबार राति अध्यागमन कार्यालयले रोकेको हो ।
घुम्न जाने समूहका ७६ जनामा ७० प्रतिशत भन्दा बढी महिला देखिएकाले मानव ओसारपसारको काम हुनसक्ने भन्दै उनीहरूलाई दुवई उड्न नदिइएको कार्यालयको भनाइ छ ।
सहकारीमार्फत घुम्न जान लागेको बताएका उनीहरूलाई मानव ओसारपसारको आशंकामा फर्काइएको प्रमुख अध्यागम अधिकृत पुष्पराज शाहीले पुष्टि गरेका छन् । ‘सहकारीको पत्र बोकेर ७६ जना मान्छे आएका थिए । त्यसमध्ये ७० प्रतिशत महिला देखिन्थे । सरसरती हेर्दा यो घुमाइ रहस्यमय लागेर हामीले रोकेका हौं,’ उनले भने । मानव ओसारपसार जस्तै महिला ओसारपसार गर्न खोजेको हुनसक्ने उनको अनुमान छ ।
उनका अनुसार ४–५ जना महिलाहरू हुँदा पनि कार्यालयमा पूर्वजानकारी आउने गरेको थियो । तर, नेपाल एयरलाइन्सको जहाजमार्फत दुबई उड्न लागेका ७६ जना भने अकस्मात विमानस्थलमा आएर सहकारीबाट जान लागेको जानकारी दिए । ‘आवश्यक कागजात समेत नभएका उनीहरूमाथि हामीले शंका गरी फर्कायौं । आवश्यक अनुसन्धानपछि सही नियत भेटिएमा उहाँहरू ढिलै गरी भए पनि उड्न पाउनुहुन्छ’, अधिकृत शाहीले भने ।
चार दिनका लागि घुम्न हिँडेको बताउने उनीहरूको भिसा भने एक महिनाका लागि लगाइएको पाइएको छ । सम्बन्धित सहकारीले घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
Discussion about this post