कालीकोट । आर्थिक वर्षको अन्तिममा रकम फ्रिज जाने र भने अनुसारको काम नहुने अवस्थालाई रोक्न पचालझरना गाउँ पालिकाले अर्ध वार्षिक समिक्षा गर्ने भएको छ ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले यस अघिको समिक्षा र आगामि दिनमा विकास निर्माणका कामको प्रभावकारितालाई मध्यनजर गरेर समिक्षा गर्न लागिएको बताउनु भएको छ ।गाउँ पालिका अध्यक्ष सेजुवालका अनुसार गाउँ पालिकाका प्राविधिक संग मंगलवार बसाई गर्ने सोही भोलि पल्ट कार्यपालिकाको बैठक बसेर विकास निर्माणका काममा विशेष जोड दिने बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाले यस वर्ष अघि सारेका विकास निर्माणका काम तथा अन्य समुदायालाई राहत दिने कामको तत्काल थालनि गर्ने र त्यसका लागि सबैको भुमिका रहने बताइएको छ । अब युद्ध स्तरमा प्रत्येक वडाका योजनाहरुको विशेष निग्रानि तथा अनुगमनमा कडाई गर्ने र आउदो चैत्र मसान्त सम्म परिणाम आउने गरी काम गर्न कर्मचारी तथा सबैलाई आग्रह गरिएको अध्यक्ष सेजुवालको भनाई रहेको छ । अध्यक्ष सेजुवालले पचालझरना गाउँ पालिकामा धेरै काम भएका छन ।
गर्नु पर्ने कामहरु क्रमस गरेका छौं, हामी सबै भित्रै देखि लाग्ने हो भने पचालझरनामा विकासको तिव्रता आउने बताउदै राजनैतिक क्षेत्रमा पनि तिव्रता आएको सेजुवालको भनाई रहेको छ । पचालझरना गाउँ पालिकाले गरेका दुई महत्वपूर्ण कामहरु गोठालो भत्ता र खरमुक्त गाउँ पालिका बनाउने योजना कर्नालि प्रदेशले सिको गर्दै यस वर्ष देखि शुरु गरेको छ ।
Discussion about this post