हिमचुलि कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा नगर प्रमुख बराल द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । व्यवसायिक कृषि उत्पादन बजारीकरणमा सहभागिता, दिगो र प्रविधि मैत्रि सहकारी हाम्रो प्रतिवद्धता भन्ने मुला नाराका साथ हिमचुलि कृषि सहकारी संस्था लि.को १३ औं वार्षिक साधारण सभा शुरु भएको छ ।

जिल्लाको नरहरिनाथ गाउँ पालिकाको कुमालगाउँ सेवा कार्यालयमा शुरु भएको हो । संस्थाका ५ सय बढि सदस्यहरुको उपस्थितिमा शुरु भएको कार्यक्रममा संस्थाका संरक्षक तथा रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको हो ।

हिमचुलि कृषि सहकारी संस्थाका अध्यक्ष कालि बहादुर महताराले प्रगति प्रतिवेदन प्रस्तुत पछि नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर विष्टको विशेष आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि बरालले अब जिल्लाका १३ हजार सदस्यहरुको जिवन परिर्वतन हुने गरी आगामि योजना अघि सार्ने बताउदै सबै सदस्यहरुको आत्मनिर्भर हुने गरी निति तथा कार्यक्रम अघि बढ्ने बताउनु भएको छ ।

साथै कार्यक्रमका विशेष अतिथि धिर बहादुर विष्टले यस सहकारी संग साझेदारीमा हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको छ ।

सो कार्यक्रममा शुभकामना मन्तव्य दिदै नेपालि कांग्रेसका राम बहादुर विष्ट,नरहरिनाथा गाउँ पालिका उपाध्यक्ष तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष मनशोभा बुढा,विप्लव नेकपाका केन्द्रिय सदस्य कर्ण भण्डारी लगाएतले शुभकामना दिनु भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित