आइएनएफ द्धारा टुहुरा वालवालिकालाई खाद्यन्न वितरण

7
SHARES
15
VIEWS

कोहलपुर । कालीकोट जिल्लाको पचालझरना गाउँ पालिका वाड न.१ सिकुका आमा बुवा गुमाएका टुहुरा वालवालिकालाई आइएनएफ नेपालको विपद व्यवस्थापनबाट दुई बोरा खाद्यन्न हस्तान्तरण गरिएको छ । आइएनएफ नेपाल सामाजिक परिचालक पुजा बोगटी(खड्का)को उपस्थितिमा मँगलबार वालवािलकाकाे घरमा हस्तान्तरण गरिएको हो ।

पचालझरना गाउँ पालिकामा संचालित आइएनएफ नेपालको बे्रड परियोजना अन्तरगत विपद व्यवस्थापनका लागि धलपुरा स्वावलम्बन समुहले संकलन गरेको खाद्यन्न हस्तान्तरण गरिएको बताइएकाे छ । स्थानियबासिको रोहबरमा टुहुरा वालवालिकाहरु पाण्डोबा,भुपेन्द्र र पारश शार्कीलाई हस्तान्तरण गरिएको स्थानिय आशिष खड्काले बताएका छन ।

यस अघि नेपालि सेनाले समेत नगद सहित खाद्यन्न सहयोग गरेको थियो । बुवा टक्के शार्की को गत महिना ह्दयघात भएर निधन भएको र आमा दुरा शार्कीको २०७५ सालमा आत्महत्या गरेर निधन भएपछि विचल्लिमा परेका तिन वालवालिकाका लागि आवश्यक सहयोग जुट्न थालेको छ । अहिले तिन टुहुरा वालवालिकाहरु आफन्तको घरमा बस्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित