कालीकोट । हृदयघात भएर एकै दिनमा दुइ जनाको मृत्यु भएको छ । आइतबर महावैका केशर सिंह र पचालझरनामा टक्के शार्कीको ज्यान गएको छ । महावै गाउँ पालिका ४ का केशर सिंह आइतवार घरबाट कार्यालय जान लागेको अवस्थामा हृदयघात भइ पल्टिएको अवस्थामा निधन भएको हो भने पचालझरना १ सिकु निवासी टक्के शार्कीको पनि काम गर्दै गर्दा हृदयघाट भइ निधान भएको आफन्तले बताएका छन् । ति दुबै जना युवा अवस्थाका रहेको बताइएको छ ।
महावै गाउँ पालिका वडा कार्यालयका प्रशासन सहायक सिंहको सोमवार पादमघाटमा अन्तिम दाहसंस्कार गरिएको छ । पचालझरना १ सिकुका टक्के शार्कीको कर्नाली नदि रिगौटामा दाहसंस्कार गरिएको स्थानियले बताएका छन । उनको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रको झण्डा ओढाएर दाहसंस्कार गरिएको वडा कमिटी अध्यक्ष वर्म ऐडीले बताएका छन।
हृदयघातबाट निधन भएका सिंह प्रति महावै गाउँ पालिका , वडा कार्यालय र विभिन्न संघ संस्थाले शोक वक्तव्य जारी गरेका छन ।
Discussion about this post