माओवादीले कसरी शुरु गरेको थियो जनयुद्ध,कहाँ कहिले कसरी भए ? आक्रमणको विवरण सहित

7
SHARES
15
VIEWS

२०४६ सालमा निर्दलीय पञ्चायती शासनको अन्त्य हुँदै बहुदलीय व्यवस्था आएको थियो। तात्कालिक समयको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र यसको वैधानिक मञ्च संयुक्त जनमोर्चा र अन्य सङ्गठनहरूले राजतन्त्रको विरुद्धमा विभिन्न कार्यक्रमहरू गर्दै आएका थिए। सशस्त्र द्वन्द्वको माध्यमबाट राजतन्त्रको अन्त्य गर्नु र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देशका साथ जनयुद्धको घोषणा २०५२ साल फागुन १ गते भएको थियो।विद्रोह सुरु गर्नु अगाडि, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे माग राख्दै जनयुद्धको सङ्खघोष गरिएको थियो। रोल्पा, रुकुम लगायतका पहाडी जिल्लाहरूमा आधार इलाका बनाएको माओवादीले देशव्यापी रूपमा विभिन्न स्थानमा रहेका प्रहरी चौकी र सरकार संयन्त्रहरूमा आक्रमण गरेको थियो। जनयुद्धको प्रभाव देशव्यापी रूपमा पर्न गएको थियो जसका कारण तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले दमनको रणनीति लिएर अगाडि बढेको थियो। युद्धरत नेताहरूको टाउकाको मुल्य समेत निर्धारण गरिएको थियो।

२०५२ साल

  • २०५२ माघ २२ गते तत्कालिन नेकपा सयुंक्त जनमोर्चा नेपाल तर्फबाट बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० बुँदे ज्ञापनपत्र पेश
  • फागुन १ गते शशस्त्र युद्ध सुरु

२०५३ साल

  • पुष १९ – रामेछाप बेथान चौकी आक्रमण

२०५५ साल

  • फागुन २१- एमाले रुकुम सांसद यदु गौतमको हत्या

२०५६ साल

  • पुष १९- जुम्ला प्रहरी चौकी आक्रमण

२०५७ साल

  • ९ असोज – डोल्पा सदरमुकाम दुनै आक्रमण

२०५८ साल

  • २०५८ जेठ १९ नारायणहिटी दरवार हत्याकाण्डमा राजा बीरेन्द्र सहितको हत्या
  • २०५८ असार २८ – रोल्पाको होलेरी पुलिस चौकीमा आक्रमण, १ को मृत्यु ५९ प्रहरी माओवादी नियन्त्रणमा
  • साउन १० – युद्धरत दुवै पक्षबाट यु्द्धबिराम घोषणा [2]
  • २०५८ मंसीर ७ – युद्धबिराम भङ्ग, दाङको घोराहीमा नेपाली सेनाको व्यारेकमा माओवादी द्वारा आक्रमण गरी धेरै हात हतियार कब्जा
  • २०५८ मंसीर देशभर संकटकाल लागू भएको घोषणा
  • २०५८ फागुन ४ गतेको राति  : अछाम सदसरमुकाम मंगलसेनमा भीषण आक्रमण / मंगलसेन दरबार ध्वस्त

२०५९ साल

  • १३ जेठ – बामपन्थी पत्रकार कृष्णसेनको प्रहरी हिरासतमा हत्या
  • २३ भदौ – सिन्धुली भिमान आक्रमण
  • २४ भदौ – अर्घाखाँचीको सन्धिखर्क आक्रमण
  • १२ माघ – शसस्त्र प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको ललितपुरमा गोली हानी हत्या

२०६० साल

  • पहिलो युद्ध बिराम
  • २०६० साउन २७ देखि भदौ १ सम्म – सरकार-माओवादी शान्ति वार्ता पहिलो चरण बर्दियाको ठाकुरद्वारा रिर्सोट र दोस्रो चरण नेपालगञ्ज धवल सम्शेरको निवास र तेस्रो हापुरे, दाङ (वार्ता टोलीमा राज्यपक्षबाट कमल थापा र प्रकाशचन्द्र लोहनी, विद्रोही माओवादीबाट बाबुराम भट्टराई र कृष्णबहादुर महरा । सहजकर्ता पद्मरत्न तुलाधर र दमननाथ ढुंगाना)
  • २०६० साउन ३२ गते – रामेछापको दोरम्बा घटनामा नेपाली सेनाद्वारा माओवादी कार्यकर्ता तथा सर्वसाधारण गरी १६ जनाको हत्या
  • सेना द्वारा पाँचथर मेहेलबोटेमा ८ माओवादी कार्यकर्ता मारिए
  • भदौ १० – युद्ध बिराम भङ्ग
  • २०६० माघ/फागुन – नेपाली सेनाको व्यारेकमा मैना सुनुवार हत्याकाण्ड
  • चैत्र ७ – बेनी आक्रमण [5] करिव ३ सय सुरक्षाकर्मी, १० सर्वसाधारण सहित ५ सय जतिको मृत्यु  [स्रोत नखुलेको] यकिन तथ्याङ्क नभएको

२०६१ साल

  • माघ १९ – राजा ज्ञानेन्द्रबाट देउवा सरकार बर्खास्त गरी शासन सत्ता हातमा लिइयो। राजाकै अध्यक्षतामा मन्त्रीमण्डल गठन
  • संसदवादी राजनीतिक दलहरूको आन्दोलन सुरू
  • चैत २५-२६- खाराको दोस्रो लडाइँ

२०६२ साल

  • बाँदरमुडे घटना २०६२ जेठ २३ – चितवनको माडी स्थित बाँदरमुडे
  • २०६२ मंसिर – दिल्लीमा ७ पार्टी र माओवादी बीच १२ बुँदे समझदारी माओवादी शसस्त्र युद्ध रोकेर शान्तिपूर्ण आन्दोलनमा आउन सहमत
  • २ माघ – थानकोट पुलिस चौकी आक्रमण
  • २३ चैत्र – सर्लाही मलंगवा आक्रमण- सेनाको हेलिकोप्टर ध्वस्त
  • २४ चैत्र – दोस्रो जनआन्दोलन सुरू

२०६३ साल

  • शान्तिपूर्ण जनआन्दोलन २ मा माओवादी सहभागी
  • चैत्र ८ राजा ज्ञानेन्द्रबाट शाही घोषणा आन्दोलन झन् तीब्र
  • चैत्र ११ राजा ज्ञानेन्द्रबाट संसद पुनर्स्थापित भएको घोषणा लोकतन्त्र हासिल
  • विस्तृत शान्ति सम्झौता
  • प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक

२०६४ साल

  • पहिलो संविधान सभाको निर्वाचन

२०६५ साल

  • माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार गठन

२०७० साल

  • संविधान सभा असफल पहिलो संविधान सभा विघटन नयाँ संविधानसभाको निर्वाचन

२०७२ साल

  • संविधान सभाबाट नेपालको संविधान २०७२ निर्माण तथा पारित
  • स्थानिय तहको निर्वाचन २०७४ सम्पन्न

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित