कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि.को १६ औं वार्षिक साधारण सभाको एकाइ बैठक जिल्लाका ५ वटा स्थानमा बुधबार(मंसिर १९ गते)एक साथ सम्पन्न गरिएका छन । कालीकोट जिल्लाको खांडाचक्र नगरपालिकाको मान्ममा कर्नालि प्रदेशका पुर्वमन्त्रि तथा प्रदेश सांसद दुर्ग बहादुर रावतको उपस्थितिमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा जिल्ला स्थित राजनैतिक दल,कार्यालय प्रमुख तथा गैरसरकारी कार्यालयका प्रमुखहरुको साथै पत्रकारहरुको बाक्लो उपस्थितिमा सम्पन्न भएको बताइएको छ ।
सहकारी संस्थाका कोषाध्यक्ष कृष्णकला पाण्डेको अध्यक्षतामा भएको ४ नम्बर एकाइ बैठकमा संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक बल बहादुर बुढा सहित संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यले संस्थाका प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसै गरी एकाइ नम्बर ५ अन्तरगत पिलिमा संस्थाका बरिष्ठ उपाध्यक्ष सरोज बोगटीको अध्यक्षतामा भएको साधारण सभामा राष्ट्रिय सभाका पूर्व सदस्य जिबन बुढाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । प्रमुख अतिथि जिबन बुढाले सहकारीको विकास क्रम अनुसार महिलाहरुको जिबन परिवर्तनका लागि संस्थाले विशेष योजना अघि बढाउनु पर्नेमा जोड दिएका छन ।
त्यसै गरी एकाइ नम्बर १को रास्कोट नगरपालिका को रास्कोट सेवा कार्यालयमा संस्थाका अध्यक्ष काली बहादुर महताराको अध्यक्षतामा भएको कार्यक्रममा रास्कोट नगर सरकारका प्रमुख धर्मराज शाहीको प्रमुख आतिथ्यतामा भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै सहकारीले गरेको विकास संगै सदस्यहरुको जिवन परिवर्तनमा जोड दिन आग्रह गरेका छन ।
सान्नित्रिवेणि गाउँ पालिकाको मेहलमुडीमा भएको १६ औं वार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष दमिला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सान्नित्रिवेणि गाउँ पालिका उपाध्यक्ष पार्वति सिंह(संज्याल)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । त्यसै गरी सहकारी संस्थाको महाबै गाउँ पालिकामा भएको १६ औं वार्षिक साधारण सभामा संस्थाका सचिव पौरख विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्तममा महाबै गाउँ पालिका उपाध्यक्ष दानसिंह सेजुवालको प्रमुख आतिथ्यता सम्पन्न भएको छ ।
सो साधारण सभामा संस्थाले तयार गरेको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ भने अन्य सेवा कार्यालयहरु गाल्जे,पलांतामा मंसिर २० गते हुने भएको छ भने नाग्म,पचालझरना र नरहरिनाथ सेवा कार्यालयमा मंसिर २१ हुने भएको छ भने केन्द्रिय एकाइ साधारण सभा तथा अन्तिम बैठक निर्णय प्रमाणिकरण बैठक मंसिर २६ र २७ गते मान्ममा हुने भएको छ ।
संस्थाका मुख्य व्यवस्थापक जगेन्द्र प्रसाद आचार्यका अनुसार एकाइ बैठक तथा साधारण सभाबाट छनोट गरिउका प्रतिनिधिहरुको सहभागिता रहेन बताए ।हिमचुलि कृषि सहकारी संस्था लिे आर्थिक वर्ष २०८०।०८१मा जम्मा ५८ लाख ४४ हजार ७ सय ३९ रुपैया मुनाफा ल्याउन सफल भएको र १६ लाख रुपैया शेयर लाभांस वितरण गरिने बताइएको छ । संस्थाका हाल ११ वटा सेवा कार्यालयका साथै ४६ जना कर्मचारी,३३ करोड कर्जा प्रवाह गरिएको बताइएको छ ।
Discussion about this post