कालीकोट । नेपालमा प्रजातन्त्र स्थापना भएको अवसगमा कालीकोटमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिने भएको छ ।
कालीकोट जिल्लामा ७२ औं रास्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा स्वास्थ्य सेवा कार्यालय कालीकोटले ५० वर्ष माथिका जेष्ठ नागरिकलाइ निशुल्क स्वस्थ्य परिक्षण हुने भएको जिल्ला स्वास्थ्य अधिकृत कटक महतले बताउनु भएको छ । वहाँका अनुसार जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको आयोजना तथा जिल्ला प्रशासन कार्यालय कालिकोटको समन्वयमा फाल्गुण ६ गतेका दिन बिहान ११ बजे देखि दिऊँसो ३ बजे सम्म ५० बर्ष माथिका नागरिकहरुको लागि निशुल्क रक्तचाप जाँच, मधुमेह रोगको लागि सुगरको परिक्षण हुने बताउनु भयो ।
त्यसका साथै १२ बर्ष माथि उमेरका सबै नागरिकहरुका लागि कोभिड १९ बिरुद्धको खोपको पहिलो, दोश्रो तथा थप मात्रा लगाउने सम्बन्धि शिबिर समेत संचालन हुने बताइएको छ ।यस कार्यले जिल्लामा नमुना काम भएकोमा जिल्लावाशिमा खुशियाली छाएको छ ।
Discussion about this post