कालीकोट ।पचालझरना गाउँ पालिकाको तिखात्तिमा रहेको कर्नालि आधारभुत विद्यालयको छ कोठे भवन उद्घाटन गरिएका्े छ । पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल र उपाध्यक्ष तारा न्यौपानेले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
कर्नालि प्रदेश सरकारको १५ लाख र पचालझरना गाउँ पालिकाको १८ लाख गरी ३३ लाखको लागतमा ६ कोठे भवन निर्माण सम्पन्न पछि उद्घाटन गरिएको हो । स्थानिय उपभोक्ता समिति मार्फत २०७७ साल अषाढमा शुरु भएको उक्त भवन सम्पन्न पछि आज एक कार्यक्रमका विच उद्घाटन गरिएको हो ।
पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले पचालझरना गाउँ पालिकामा शैक्षिक क्षेत्रमा उल्लेखनिय प्रगति भएको बताउदै यसको रक्षा र गुणात्मक विकासका लागि सबै लागि पर्नु पर्ने बेला आएको बताउनु भएको छ । पचालझरना गाउँ पालिकामा भौतिक संरचना तथा अन्य विकास निर्माणका कामले निरन्तरता पाउदै आएको छ ।
कर्नालि आधारभुत विद्यालयको ६ कोठे भवन निर्माणका लागि पहल गर्ने कर्नालि प्रदेशका मुख्य मन्त्रि महेन्द्र बहादुर शाही,पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवाल, उपाध्यक्ष तारा न्यौपाने,शिक्षा विभाग प्रमुख अनरुप रोकाया,शिक्षा शाखा प्रमुख नमराज शाही लगाएतलाई धन्यवाद समेत दिएको बताइएको छ ।
उक्त भवन निर्माणका लागि जग्गादान दिने विर्ख बहादुर शाही लगाएतको उपस्थिति रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्ध तिरुवाले बताएका छन । सो विद्यालयमा शैक्षिक सुधारका लागि अभिभावक लगाएतका सरोकारवालाहरुले ध्यान दिदै भावि दिनमा प्रगति हुनेमा आशा लिइएको छ ।
Discussion about this post