प्रथम मुख्यमन्त्री शाहीको गाउमा एक घर एक धारा देखि सहिद आवासीय विद्यालय सम्म

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले निर्वाचित हुंदा तीन जना कर्मचारीको भरमा पालिका संचालन गरेको स्मरण गर्दै अहिले बिकाशको लहर चलेको बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकाको वडा नम्बर ९ मा सार्वजनिक सुनुवाइ तथा समीक्षा कार्यक्रमलाइ सम्बोधन गर्दै अध्यक्ष सेजुवालले एउटै वडामा ५ वर्ष अर्थात २०७४ साल देखि २०७८ सम्म(पाँच वर्ष) सम्म १२ करोड ५० लाख बढी बजेट प्राप्त भएकाले उक्त बजेट बाट वडा नम्बर ९मा एक घर एक धारा,स्वास्थ्य इकाइ र भवनको निर्माण ,सिचाइ कुलो,बिद्यालयका भवन देखि थुप्रै काम भएको दाबी गर्दै आगामी आउने जनप्रतिनिधिले बाकी रहेका काम पूरा गर्ने बताउनु भएको छ ।
उक्त कार्यक्रममा अध्यक्ष सेजुवालले बिगतको राजापुर,चिसापानी,सुर्खेत डुंगेस्वर हुँदै जितेगडा सम्म भारी बोक्नु पर्नेको अवस्थाको स्मरण गर्दै अहिले घरको आंगन सम्म गाडी चढेर आउनुले बिकाशको गति एक पछि अर्को गतिमा भएको बताउनु भयो । वहाँले अब भाबी दिनमा सबैलाइ धनी बनाउने भएकाले सबैले केही न केही काम गरेर आत्मनिर्भर हुने गरी काम गर्न समुदायलाई अनुरोध गर्नु भएको थियो ।
त्यसै गरी पचालझरना गाउँ पालिका उपाध्यक्ष तारा न्यौपानेले हामिले जिम्मा लिएको ५ वर्षे कार्यकालमा थुप्रै उपलब्धी भएको दाबी गर्दै आगामी कार्यकालमा आउने जिम्मेवारीलाई सहज हुने गरी डिपिआर गरेर मार्गदर्शन गरेको बताउनु भएको छ ।
पचालझरना ९ का वडा अध्यक्ष जोरे तिरुवाले आफुले पांच वर्ष सम्म गरेको कामको प्रतिबेदन पेश गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित