कालीकोट । हिमचुली कृषि सहकारी संस्था लि कालीकोटका सहायक ब्यबस्थापक स्वर्गीय सिंह बहादुर शाहीका धर्म पत्नी रिता शाहीलाई दुर्घटना बिमा बापत २० लाख रकम प्रदान गरिएको छ । संस्थाले कर्मचारीको निशुल्क दुर्घटना गर्दै आएकोमा गएको वर्ष माघमा संस्थाको निर्माणधिन भवनको छतबाट खसेर निधन भएको थियो । उक्त घटनामा निधन भएका सिंह बहादुर शाहीलाई संस्थाको समन्वयमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत प्राप्त बिमा दाबी रकम हस्तान्तरण गरिएको संस्थाका मुख्यब्यबस्थापक जगेन्द्र आचार्यले बताउनु भएको छ । वहाँका अनुसार संस्थाले सिंह स्मृति सहकारी सदस्य कोष स्थापना गर्ने र उक्त रकमको ब्याजबाट प्राप्त रकमबाट वार्षिक दुई जना बालबालिकालाइ सहयोग गर्ने लक्ष्य लिएको बताउनु भएको छ ।त्यसै गरी संस्थाको १३ औं वार्षिक साधारणसभा तथा पांचौ अधिबेशनमा रास्कोट नगरपालिका १ निवाशी स्वर्गीय सतजित शाहिको धर्मपत्नी सुबित्ता शाहीलाई ५० कर्जा मिनाह र ५० हजार नगद हस्तान्तरण गरिएको छ ।
Discussion about this post