कालीकोट । रास्कोट नगरपालिकाको १० औं नगरसभा शुरु भएको छ ।रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही (पोषण)को अध्यक्षतामा शुरु भएको नगर सभा उद्घाटन कार्यक्रम विभिन्न राजनैतिक दलका प्रमुखहरुको उपस्थिति रहेको छ । नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने बताइएको छ ।रास्कोट नगरलाइ समृद्धि गर्न सबैको सहयोग जरुरी रहेको बताइएको छ ।कृषि पर्यटन,सहरिकरण र विद्युतको पुर्बाधार,सुन्दर समृद्धि र उज्यालो रास्कोटको आधार भन्ने नारा दिएको रास्कोट नगरपालिकाको १० नगर सभाले जनमुखी बजेट ल्याउने आशा गरिएको छ ।
Discussion about this post