कालीकोट । जिल्ला समन्वय उपप्रमुख मिना रावत बिकले पचालझरना गाउँ पालिकामा रैथाने बाली लगाएकी किसानको बारीमा पुगेर अनुगमन गरेकी छ्न । जिल्ला स्वास्थ्य कार्यालय कालीकोटले रैथाने बाली सम्बन्धी प्रबर्द्धन कार्यक्रम गरेको समयमा किसानको बारीमा पुगेर रैथाने बाली उत्पादनमा जोड दिन आग्रह गरेकी छ्न । पछिल्लो समयमा पुरानो लगाउदै आएको बालीहरु क्रमस लोप हुने र आधुनिक कृषि वालिको लहर चलेको समयमा पचालझरना गाउँ पालिकाको नानिकोटमा गोहोरी बोगटीले लगाएको कागुनु लगाएतको बालीको अनुगमन गरिएको बताइएको छ । रैथाने बाली जौ,कोदो फापर,कागुनु, सिमि लगाएतका बाली प्रबर्द्धन गर्न स्थानीय तथा प्रदेश सरकारले विभिन्न कार्यक्रम गरेपनी उचित परिमाण आउन नसकेको केवल कार्यक्रममा सिमित हुने गरेको स्थानीयको भनाइ रहेको छ । आफुहरुले उत्पादन गर्न तयार रहेको बताउदै कृषक बोगटीले आफुले कसै बाट सहयोग नपाएको गुनासो गरेकी छन । सो रैथाने बालिको अनुगमनका लागि पचालझरना गाउँ पालिका पुर्ब उपाध्यक्ष तारा न्यौपाने, कृषि शाखा प्रमुख परेक बहादु शाही लगाएतको उपस्थिति रहेको बताइएको छ ।
Discussion about this post