कालीकोट । दलित अधिकार कर्मिले लामो समय देखि जातिय भेदभाव विरुद्ध आवाज उठाउदै आएको र सोही कारणले आफुहरुलाई धम्कि आउने गरेको बताएका छन । जिल्ला प्रशासन कार्यालय कालीकोटले आयोजना गरेको कुरिति कुसंस्कार विरुद्ध अन्तरक्रियात्मक छलफल कार्यक्रमका सहभागिहरुले सो कुरा बताएका छन । रास्कोट नगरपालिका ५ निवासि हजार सुनारले आफ्नै गाउँकी एक महिला बलत्कृत हुंदा सो विषयमा भएको उजुरीमा आफुले कानुनि प्रक्रियाका लागि सहजिकरण गर्न खोज्दा आरोपितले जेलबाट चेतावनि दिएको बताएकी छन । उनले भनिन २० वर्ष देखि कुरितिका विषयमा बोल्दै आएको र न्यायिक क्षेत्रबाट समेत त्यसको असहयोग पाउने गरेको गुनासो गर्दै पिडितले उजुरी नदिदै नेताहरुको प्रहरीलाई फोन आउने गरेकाले आझेलमा पर्ने गरेको बताइन ।
त्यसै गरी खांडाचक्र नगरपालिका ४ निवासि पूर्व वडा अध्यक्ष धकनसिंह कामीले आफुले दलित अधिकार र कुसंस्कारका विषयमा कानुन सम्म पुग्ने वातावरण गर्दा चेतावनि आउने गरेको बताए । उनले भने आफुले दलित अधिकारका विषयमा काम गर्दै मर्ने इच्छा रहेको समेत बताए । जसरी पनि न्याय पाउने वातावरण र कुनै पनि घटनाहरु नदोहोरिने अवस्थाको सृजना होस भन्ने चाहाना रहेको धनसिंह कामीको भनाई रहेको छ ।
त्यसै गरी खांडाचक्र १ की आशा विकले आफु घरेलु हिंसाबाट पिडित महिला भएको र सदरमुकाममा समेत भेदभाव हुने गरेका बताइन । सो कार्यक्रममा वोल्दै जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले पहिलेको तुलनामा अहिले कुरिति तथा कुसंस्कारहरु क्रमस अन्त भएको र आगामि दिनमा न्युनिकरण गर्ने सबैको साथ रहेको बताएका छन ।
सो कार्यक्रममा कालीकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले सबैको सहकार्य समन्वयमा मात्र समाजमा जरा गाडेको कुसंस्कारलाई हटाउन सकिने बताउदै आ आफ्नो ठाउँमा भुमिका निर्वाह गर्नु पर्ने बताउदै कार्यक्रमको समापन गरिएको छ ।
सो कार्यक्रमको समन्वय तथा सहयोग हिमचुलि कृषि सहकारी संस्था लि.,समता फाउण्डेसन कालीकोट र जिल्ला समन्वय समिति कालीकोटको रहेको र जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजना गरेको बताइएको छ ।
Discussion about this post