रास्कोटको ५ का ११० घरधुरीमा शुद्ध खानेपानी धारा निर्माण,स्थानीय खुशी

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिका ५ का चार बस्तिका १सय १० घरधुरीमा खानेपानीका धारा जडान भएका छन ।

सोमबार एक कार्यक्रमका विच रास्कोट नगरपालिका वडा नम्बर ५ का बिमलटोल,साहुबाडा,चदाराबाडा र तिरुवाबाडाका एक सय १० घरधुरीमा खानेपानीका धारा जडान पछी आज उद्घाटन गरिएको बताइएको छ ।

रास्कोट नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मन तिरुवाको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य बिष्णु बराल,नगर उपाध्यक्ष पदम खड्का,उपाध्यक्ष हजा सुनार लगाएतका सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन गरिएको बताइएको छ ।

रास्कोट नगरपालिकाको ३५ लाख र युनिसेफ नेपालको २८ लाख लगानी गरेर कुल ५८ लाख लगानिमा खानेपानी धारा निर्माण भएको युनिसेफ नेपालका निर सुनारले बताएका छ्न ।यस वर्ष रास्कोटका सबै वडामा शुद्ध  खानेपानी पुगाउने नगरपालिकाले लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित