काठमाडौमा देशभरका सहभागीतामा सहकारी तालिम

7
SHARES
15
VIEWS

काठमाडौ ।राष्ट्रिय सहकारी महासंघद्वारा आयोजित कर्जा लगानी व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
महासंघको तालिम हल पुल्चोक, ललितपुरमा २०७९ मंसिर १९ गतेबाट आरम्भ भएको सो तालिम २१ मंसिरमा सपन्न भएको हो ।
तालिमको समापनका अवसरमा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै महासंघका नायब महाप्रबन्धक सुरेश थापाले तालिममा सिकेको ज्ञान र सीपलाई सहभागीहरुले आ–आफ्नो कार्यक्षेत्रमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । महासंघले सञ्चालन गर्ने तालिमहरुलाई आगामी दिनमा अझ व्यवस्थित र गुणस्तरीय बनाउने आश्वासन दिंदै उहाँले सहभागीहरुको सुझावकै आधारमा महासंघले सञ्चलन गर्ने कार्यक्रमहरुलाई आगामी दिनमा व्यवसायिक बनाउन पहल भइरहेको बताउनुभयो । साथै उहाँले सहकारी व्यवसाय प्रवद्र्धन र बजारीकरणका लागि प्रचलित विभिन्न कानूनहरु बाधक हुने गरेकाले त्यसको समाधानका लागि समेत महासंघ लागि परेको जानकारी दिनुभयो ।
सहभागीहरुको तर्फबाट बोल्दै हिमचुली कृषि सहकारी संस्था कालीकोटका रुपेन्द्र बहादुर ऐडीले अहिलेको परिस्थितिमा तालिम निकै महत्वपूर्ण भएकोले आगामी दिनमा यस्ता तालिमहरु जिल्ला स्तरमा सञ्चालन गर्न समेत सुझाव दिदै मोफसलबाट आउने सहभागीहरुको लागी आबासको समेत व्यवस्था गर्न सके सहभागीहरु अझबढी लाभान्वीत हुने बताउनु भयो । त्यसैगरी सहभागीहरुको तर्फबाट बाेल्दै अर्का सहभागी, सत्यनारायण कृषि सहकारी संस्था ललितपुरका परमेश्वरी विष्टले आफूहरुले संस्थामा कर्जा लगानी गरे पनि कुनै निति बिधि र प्रकृया पुरा नगरी गर्ने गरेकोले त्यसो गर्नु जोखिमपूर्ण हुने कुराको जानकारी भएकोले अब यो तलिम लिईसकेपछि, कुनै पनि किसिमको कर्जा लगानी गर्दा निति र कार्यविधिको पूर्ण पालना गर्दै प्रकृया पुर्याएर मात्र गर्ने प्रतिबद्धता जनाउनु भयो ।
पाँच वटा प्रदेशका सहकारीकर्मीहरुको सहभागीता रहेको उक्त तालिममा सहकारी बिभागका कानून अधिकृत मनुका घिमिरेले ऋण लगानी तथा असुली सम्बन्धी कानूनी व्यवस्था, महासंघका महाप्रबन्धक चित्रा कुमारी थाम्सुहाङ्ग सुब्बाले उद्योग तथा बजार जोखिम विश्लेषण, महासंघका नायव महाप्रबन्धक द्वय बाबुल खनाल र सुरेश थापाले क्रमशः ऋणको परिचय, जोखिम, अवधारणा एवं व्यक्तिगत अबाकस विश्लेषण, वरिष्ठ प्रबन्धक द्वय गोपीकृष्ण भण्डारी र तेज प्रसाद गौतमले क्रमशः ऋण लगानी र असुलीमा प्रभाव पार्ने तत्वहरु र भाखा नाघेको ऋण गणना तथा वर्गीकरण, नेपाल राष्ट्र बैंकका पूर्व उपनिर्देशक उमा बोहोराले ऋणी विश्लेषण तथा मूल्यांकन, धितो मूल्यांकन विधि तथा प्रकृयाहरु र महासंघका अनुगमन अधिकृत अच्युतम थापाले ऋण लगानी सम्बन्धी कार्यविधि तथा यसका आधारभूत विषयहरु शीर्षकमा प्रशिक्षण दिनु भएको थियो । उक्त तालिमको संयोजन महासंघका तालिम अधिकृत देबीमाया बाँस्कोटाले गर्नु भएको थियो ।महासंघले सहकारी सम्बन्धि वभिन्नता किसिमका तालिम संचालन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित